परीक्षाअगावै प्रश्नपत्र बजारमा

काठमाण्डु टुडे २०७० चैत ११ गते ८:१२ मा प्रकाशित

मोरङ, ११ चैत – मोरङमा सञ्चालन भइरहेको जिल्लास्तरीय परीक्षाको समयअगावै बजारमा प्रश्नपत्र छ्याप्छ्याप्ती फेला परेको छ ।

दिउँसो बजेदेखि सञ्चालन हुने अनिवार्य गणित विषयको प्रश्नपत्र फोटोकपी गरी बाँडिएको थियो । फोटोकपी गरिएका ती प्रश्नपत्र ३०० रुपैयाँसम्ममा विभिन्न स्थानमा बिक्री गरिएको भेटिएको थियो ।

जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले गणित विषयको प्रश्नपत्र बजारमा फेला परेकाले त्यसबारे अनुसन्धान भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us