बौद्धिक अपाङ्गता भएकालाई राज्यले संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति

काठमाण्डु टुडे २०७० चैत ११ गते १०:०५ मा प्रकाशित

paramananda jhaबनेपा, ११ चैत – उपराष्ट्रपति परमानन्द झाले बौद्धिक अपाङ्गता भएकाहरुलाई राज्यले संरक्षण गर्नुपर्ने बताएका छन् ।

बनेपामा मंगलबार पोर्टेज तथा पुनःस्थापना संस्थाले आयोजना गरेको तीनदिने पोर्टेज प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै झाले बौद्धिक तथा शारीरिक रुपमा अपाङ्गता भएका कारण अभिभावकले मानसिक र आर्थिक नोक्सानी व्यहोर्नुपरेकाले त्यस्ताको पक्षमा राष्ट्रको ध्यानाकर्षण हुनुपर्ने बताए ।

अमेरिकाको पोर्टेज भन्ने स्थानबाट बौद्धिक तथा शारीरिक अपाङ्गता भएकाहरुका लागि विभिन्न कार्यक्रम सञ्चालन भएका कारण त्यस ठाउँको नामबाट पोर्टेज कार्यक्रम भनिएको हो ।

सभासद् कञ्चनचन्द वादे श्रेष्ठले बौद्धिक अपाङ्गता भएकाहरुका लागि दिगो समाधानको खोजी गर्नुपर्ने बताए । राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष वीरेन्द्रमान पोखरेलले नेपालमा नौ प्रतिशत बालबालिका बौद्धिक अपाङ्गताका रुपमा रहेको बताए ।

काभ्रेपलाञ्चोकका तीन गाविस र बनेपा नगरपालिकामा सुरु भएको सो कार्यक्रम २५ जिल्लामा सुरु हुन लागेको छ । सो कार्यक्रमका कारण झन्डै ३१६ जना पुनःस्थापित भइसकेको जनाइएको छ । नेपालमा २०५८ सालदेखि सो कार्यक्रम पाँच जिल्लामा सञ्चालन भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us