लैङ्गिक अनुगमन प्रतिवेदन’ प्रमुख निर्वाचन आयुक्तलाई

काठमाण्डु टुडे २०७० चैत ११ गते १०:०१ मा प्रकाशित

election commition of nepalकाठमाण्डु, ११ चैत – राष्ट्रिय महिला आयोगको नेतृत्वमा विभिन्न संस्थाले ‘संविधानसभा निर्वाचन, २०७० लैङ्गिक अनुगमन प्रतिवेदन’ प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई बुझाएका छन् ।

आयोगका अध्यक्ष शेष चाँदताराको नेतृत्वमा विभिन्न ३१ सङ्घसंस्थाको सहयोगमा निर्माण गरिएको सो प्रतिवेदन बुझ्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले नेपालको इतिहासमा पहिलो पटक निर्वाचनमा लैङ्गिक अनुगमन हुनु महत्वपूर्ण भएकाले स्थानीय निर्वाचनलाई लैङ्गिकमैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे ।

महिला आयोगका अध्यक्ष चाँदताराले निर्वाचन प्रक्रियामा मतदाता एवम् उम्मेदवारका रुपमा महिलाका समान तथा अर्थपूर्ण सहभागितामा बल पु¥याउने उद्देश्यका साथ निर्वाचनमा लैङ्गिक अनुगमन गरिएको बताईन् ।

राजधानीलगायत विभिन्न एक हजार मतदान केन्द्रमा गरिएको लैङ्गिक अनुगमनमा गर्भवती तथा सुत्केरी अवस्थाका र वृद्ध महिलालाई मतदान गर्ने वातावरण सहज नभएको, मतदानका समयमा बोलिने शब्द महिलामैत्री नभएको, परिवारको दबाबमा आफूले नचाहेका उम्मेदवारलाई मत हाल्नुपरेको लगायत समस्या पाइएको प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो संविधानसभामा महिला सभासद् १९७ पुगी ३३ प्रतिशतको सहभागिता भए पनि यस पटक प्रत्यक्षमा १० र समानुपातिकमा १६२ महिला मात्र निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us