राष्ट्रपति र प्रधानमन्त्रीको कार्यकाल एक वर्ष : नेपाल

काठमाण्डु टुडे २०७० चैत ११ गते ९:०१ मा प्रकाशित

Madhab-Nepalजनकपुरधाम, ११ चैत – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रधानमन्त्रीको कार्यकाल एक वर्षको मात्र हुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

जनकपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले ती पद एक वर्षको कार्यकालका लागि गराउन संविधान संशोधनका लागि दलबीच छलफल भइरहेको जानकारी दिए ।

‘संघीयताको सम्पूर्ण विषयको टुङ्गो लाग्न करिब पाँच वर्ष लाग्ने भएकाले समयमै स्थानीय निकायको निर्वाचन गरी भ्रष्टाचार रोक्नुपर्छ,’ एक प्रश्नको जवाफमा वरिष्ठ नेता नेपालले भने, ‘जेठ–असारभित्रै स्थानीय निकायको चुनाव गराउनु जरुरी छ ।’

नेपालले विगतको संविधानसभामा भएको सहमतिलाई मस्यौदाका रुपमा लिई बाँकी सहमति नभएका विषयमा छलफल गरी सहमतिकै आधारमा एक वर्षभित्रै संविधान जारी गर्नुपर्ने बताए ।

एक फरक प्रसंगमा नेपालले एमालेको महाधिवेशनमा लड्नका लागि ढोका खुलेकाले जो योग्य हुन्छ कार्यकर्ताले उसलाई नै चुन्ने दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us