भूतपूर्व गोर्खा सैनिकको पेन्सन वृद्धि

काठमाण्डु टुडे २०७० चैत ११ गते १०:३१ मा प्रकाशित

लण्डन, ११ चैत – भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन रकममा वृद्धि भएको छ । बेलायत सरकारले भूततपूर्व गोर्खा सैनिकहरुले पाउँदै आएको पेन्सन रकममा १० दशमलव ३ प्रतिशत वृद्धि गरेको हो । बेलायती रक्षा मन्त्रालयले पछिल्लो पटक जारी गरेको विज्ञप्तिमा गोर्खा सैनिकहरुको पेन्सन आउँदो अप्रिलदेखि लागु हुनेगरी वृद्धि भएको उल्लेख छ । बेलायत सरकारले हरेक वर्ष दिँदै आएको सहुलियत अनुरुप भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन वृद्धि भएको गोर्खा आन्दोलनका अगुवाहरुले प्रतिक्रिया दिएका छन् ।
नेपालमा बढेको महंगीको अनुपातमा बढेको पेन्सन रकम न्यून रहेको उनीहरुको गुनासो छ । भूतपूर्व गोर्खा सैनिकहरु मध्ये सबैभन्दा उच्च दर्जावालले मासिक ८६ हजार र सबैभन्दा निम्न दर्जावालले २७ हजार रुपैयाँ पेन्सन पाउने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us