काठमाण्डू, २८ जेठ– प्रतिपक्षी दल एमालेले नेपालले भारतको जमिन मिचेको भनेर प्रधानमन्त्री बालेन शाहले भन्दा ताली पड्काउने सांसद को–को हुन भन्ने प्रश्न उठाएको छ ।
आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो प्रश्न गरेका हुन ।
एमाले सचेतक महले भने, ‘प्रधानमन्त्रीले त्यो खालको राष्ट्रघाती र देशद्रोही कुरा सदनबाट बोलिरहँदा त्यो अभिव्यक्तिमा ताली पिट्ने सांसद को हुन् ?’ भनेर आम नागरिकले प्रश्न गरिरहेको उनले संसद्मा सुनाए । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए ।
त्यसक्रममा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।
यो विषयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका थिए । त्यसमा विपक्षी दलहरूले चित्त नबुझाएका छैनन् । प्रधानमन्त्रीले नै आफ्नो बोली सच्याउनुपर्ने माग राख्दै आएका छन् ।