काठमाण्डु, १२ चैत – नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले सहरी विकास मन्त्री नारायण खड्कासँग मंगलबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय र आपसी सहयोगका सम्बन्धमा छलफल भएको थियो । भेटका क्रममा मन्त्री खड्काले खानेपानी, सरसफाइ र सहरी विकासका सम्बन्धमा संयुक्त राज्य अमेरिकी सरकार र त्यहाँका जनताले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
साथै उनले काठमाण्डु उपत्यकाको खानेपानी समस्या समाधानका लागि मेलम्ची खानेपानी आयोजनाको प्रमुखताका साथ निर्माण कार्य भइरहेको जानकारी दिए ।
छलफलका क्रममा राजदूत बोडेले नेपालमा हुनसक्ने प्रकोप जोखिम न्यूनीकरणका बारेमा द्विपक्षीय रुपमै उपयुक्त कदम चाल्न साझा अवधारणा बनाउनुपर्नेमा जोड दिए ।