खनालले भने, ‘एउटै कम्युनिष्ट केन्द्र बनाउन पहल गर्छु’

काठमाण्डु टुडे २०७० चैत १३ गते ११:५५ मा प्रकाशित

JN-Khanalकाठमाण्डु, १३ चैत – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मुलुकका सबै कम्युनिष्टहरु एक हुनुपर्ने बताएका छन् ।

नेपाल अध्ययन केन्द्रले विहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले एउटै कम्युनिष्ट केन्द्र बनाउनु पर्ने बताए । कम्युनिष्टहरुलाई एक बनाउन एमालेले पहल गर्ने भन्दै उनले आफूले त्यसको नेतृत्व गर्ने बताए ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्नेमा जोड दिए । कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

साथै एमाओवादीका नेता रामकार्कीले कम्युनिष्टहरुले आफ्नो आचरणमा सुधार ल्याउनु पर्ने बताए । कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईसमेत बोलाएको भएपनि छोरीको निधनका कारण उनी उपस्थित भएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us