समाचार

नेपाल र ओलीवीच भेटवार्ता

२०७१ वैशाख ४ गते ८:१९

भक्तपुर, ४ बैशाख – अध्यक्ष बन्ने हौडमा रहेका एमाले नेता माधव कुमार नेपाल र केपी ओलीवीच आज भेटवार्ता भएको छ ।  ओलीलाई भेटन नेता नेपाल बिहान ओली निवास बालकोट पुगेका थिए । उनीहरुवीच करिव १० मिनेट भेट भएको थियो ।  उपचारका लागि भारत गएर स्वदेश फर्किएका...

पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारकाे निर्देशन

२०७१ वैशाख ४ गते ७:४७

काठमाण्डु, ४ बैशाख – सरकारले पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको बैंठकमा मन्त्रिपरिषदको बैठकले राजधानीमा केही दिनदेखि अभाव भएको पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन मातहतका निकायलाई निर्देशन दिएको छ । बैठकमा अधिकांश मन्त्रीहरुले पेट्रोलियम पदार्थको आपूर्ती असहज भएको...

एमाओवादीद्वारा देशभर प्रशासन कार्यालयमा धर्ना

२०७१ वैशाख ४ गते ६:१२

काठमाण्डु, ४ वैशाख–  द्वन्द्वकालिन मुद्धा ब्युताँएको भन्दै सरकार विरुद्ध सडक र सदनबाट आन्दोलन घोषणा गरेको एकीकृत माओवादीले बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । माओवादी कार्यकर्ताले बिहान ११ देखि  दिउँसाे १ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा अगाडि धर्ना दिएका हुन । सत्यनिरुपण तथा...

कोदालोको पासोले हानेर वृद्धको हत्या

२०७१ वैशाख ४ गते ५:४५

प्यूठान, ४ वैशाख – आर्थिक लेनदेनमा भएको विवादका कारण प्यूठानमा एक वृद्धको हत्या भएको छ । उदयपुरकोट गाविस–७ डाँडाकटेरीका ७४ वर्षीय शशीराम विकको स्थानीय १७ वर्षीय जितबहादुर सुनारले बुधबार कोदालोले हानेर हत्या गरेका हुन् । हत्यामा संलग्नलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।...

सुन तस्करीमा एयर होस्टेज प्रयोग हुने गरेको खुलासा

२०७१ वैशाख ४ गते ५:२२

काठमाण्डु, ४ वैशाख– सुन तस्करहरुले तस्करीमा एयर होस्टेजहरुको समेत प्रयोग गर्ने गरेको खुलासा भएको छ । दुवाइबाट आएको एयर अरेयिबाको जहाजमा कार्यरत नेपाली एयर होस्टेज ठूलो परिमाणमा सुनसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हो । पक्राउ पर्नेमा एयर होस्टजे शुभेच्छा रेग्मी रहेको प्रहरीले जनाएको...

एमाओवादीसहित ७ दलको नयाँ गठबन्धन बन्ने

२०७१ वैशाख ४ गते ५:०९

काठमाण्डु, ४ वैशाख –संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउनका लागि एकीकृत नेकपा माओवादी सहितका सात रानजीतिक दलले नयाँ गठबन्धन बनाउने भएका छन । बुधबार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा माओवादी, मधेसवादी र संघीयसमाजवादी सहित संविधानसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको...

संसद बैठक बस्दै

२०७१ वैशाख ४ गते ४:२४

काठमाण्डु, ४ बैशाख – व्यवस्थापिका संसद् बैठक व्यवस्थापिका संसद्को बैठक आज पनि बोलाइएको छ । दिउसो ३ बजेपछि बस्ने आजको बैठकमा विभिन्न समितिमा बाँकी रहेका सदस्यहरुको नामावली सुनाउने र संसद् सचिवालयमा दर्ता भएको सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक टेवल गर्ने कार्यक्रम रहेको छ...

मन्त्रिपरिषद्को बैठक बस्दै

२०७१ वैशाख ४ गते १:४३

काठमाण्डु, ३ बैशाख – मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बस्ने बैठकमा एमाओवादीले गरेको सदन अवरोध, सरकारको धारणा र नियमित कार्यसुचीमा छलफल हुने एक मन्त्रीले बताए । बैठकमा यसअघि सरुवा गरिएका सचिवहरुको पदस्थापन हुन नसकेको विषयमा पनि छलफल हुने...

ग्राण्डी अस्पतालमा रगतमा पनि चर्को कमिसन

२०७१ वैशाख ४ गते १:२९

काठमाण्डु, ४ बैशाख – केन्द्रीय रक्तसञ्चार केन्द्रबाट पाँच सय २५ रुपैयाँ तिरेर लगेको रगतलाई धापासीस्थित ग्राण्डी अस्पतालले पाँच घण्टापछि १४ सय ५० रुपैयाँमा बिक्री गरेको छ । अस्पतालले अर्को दिनका लागि भन्दै २२ चैतको राति ९ बजे लगेको दुई पिन्ट होलब्लड पाटन अस्पतालमा उपचार...

प्रधानमन्त्री नै भन्छन्, ‘फुजेल घटनामा मुद्धा चलाइएका सबै निर्दोष’

२०७१ वैशाख ३ गते १३:४५

काठमाण्डु, ३ वैशाख–  प्रधानमन्त्री सुशील कोइरालाले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा मुद्दा दायर गरिएका सबै निर्दोष रहेको बताएका छन् । एकीकृत माओवादीले संसद् अवरुद्ध गरेपछि सभाध्यक्ष सुवास नेम्वाङको पहलमा संविधानसभा भवन नयाँबानेश्वरमा बुधबार बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा उनले यस्तो बताएका हुन्...

द्वन्द्वकालीन मुद्धामा पूरानै कानुन लगाइए युद्ध: महरा

२०७१ वैशाख ३ गते १३:४०

भोजपुर, ३ वैशाख– एकीकृत माओवादी नेता कृष्णबहादुर महराले सरकारले द्वन्द्वकालीन घटनामा पूरानै कानुनअन्तर्गत कारबाही गर्ने क्रम नरोके मुलुक पुन: युद्धमा जान सक्ने चेतावनी दिएका छन् । एकीकृत माओवादी भोजपुरको दोश्रो जिल्ला सम्मेलनको बुधबार उदघाटन गर्दै उनले द्वन्द्वकालीन घटना ब्युँताउने काम भइरहे दुई माओवादी मिलेर...

रामचन्द्र पौडलले भने ‘कनकमणि डलरवादी’

२०७१ वैशाख ३ गते १३:२०

काठमाण्डु, ३ वैशाख – नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडलले नागरिक समाजका अगुवा कनकमणि दीक्षित डलरवादी भएको आरोप लगाएका छन् । आफ्नै निवास बोहराटारमा बुधबार द्वन्द्व पीडितहरुसँग भएको भेटमा उपसभापति पौडेलले दीक्षित डलरवादी भएको आरोप लगाएका हुन् । गोरखा फुजेलका अधिकारी दम्पत्तिको अनसनमा डलरवादीहरुको चलखेल भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us