एमाओवादीसहित ७ दलको नयाँ गठबन्धन बन्ने

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते ५:०९ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख –संविधान निर्माण र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउनका लागि एकीकृत नेकपा माओवादी सहितका सात रानजीतिक दलले नयाँ गठबन्धन बनाउने भएका छन ।
बुधबार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा माओवादी, मधेसवादी र संघीयसमाजवादी सहित संविधानसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको बैठकले गठबन्धन बनाएरै संविधान निर्माण र शान्ति प्रकृया टुंगोमा पुराउन दबाब दिने निर्णय भएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

नेपाली काँग्रेस र नेकपा एमाले संविधान निर्माण तथा शान्ति प्रकृयाका बाँकी काम पुरा गर्न सकरात्मक नभएको निष्कर्ष निकाल्दै माओवादी लगायतका दलले दबाब दिनुपर्ने निष्कर्ष निकालेका छन । गठबन्धनको स्वरुप र दबाबका कार्यक्रम तयार गर्न पर्सि बैठक बस्ने कर्णले बताउनु भयो ।

बैठकले नेपाली काँग्रेस र नेकपा एमाले संघीय संरचनामा जान समेत आलटाल गर्न थालेकाले दबाबका कार्यक्रमका ल्याउने निष्कर्ष समेत निकालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us