एमाओवादीद्वारा देशभर प्रशासन कार्यालयमा धर्ना

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते ६:१२ मा प्रकाशित

maoist-flagकाठमाण्डु, ४ वैशाख–  द्वन्द्वकालिन मुद्धा ब्युताँएको भन्दै सरकार विरुद्ध सडक र सदनबाट आन्दोलन घोषणा गरेको एकीकृत माओवादीले बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

माओवादी कार्यकर्ताले बिहान ११ देखि  दिउँसाे १ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा अगाडि धर्ना दिएका हुन ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगको मस्यौदा संसदमा पेश गर्ने तयारी भइरहेका बेला सरकारले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा १३ जनाविरुद्ध सर्वस्वहरणसहित जन्मकैदको माग गर्दै चितवन जिल्ला अदालतमा मुद्धा दायर गरेको भन्दै माओवादीले आन्दोलन घोषणा गरेको हो ।

१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता तथा अन्तरिम संविधानको व्यवस्थाअनुसार द्वन्द्वकालीन घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत हुनुपर्नेमा सरकारले शान्ति प्रक्रिया र संविधान लेखनकार्य भाँड्ने उद्देश्यका साथ फुजेल प्रकरण ब्यु“ताएको आरोप माओवादीको छ ।

माओवादीले द्वन्द्वकालिन मुद्धा फिर्ताको माग गर्दै बुधबार संसद अवरुद्ध गरेको थियो । माओवादी नेता अग्नि सापकोटाले पहिलो चरणमा सांकेतिक रुपमा संसदको कारबाही अवरुद्ध गर्नुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको काठमाण्डु टुडेलाई बताए । सरकार आफूहरुका मागमा गम्भीर नभएको छिट्टै दोश्रो चरणका संघर्षका कार्यक्रम ल्याउने सापकोटाले जानकारी लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us