काठमाण्डू, २९ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्ने बताएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री डा.वाग्लले यस्तो बताएका हुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले संसद्बाट पास हुने बजेटले कार्यान्वयनको चरणमा धेरै अधिकार कार्यपालिकाले नै निर्णय गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने प्रावधानहरू रहेको भनेर प्रश्न गरेकी थिइन् । त्यसैको जवाफमा अर्थमन्त्री वाग्लेले भने, ‘वेस्ट मिनिस्टर प्रणालीमा यही नै हो ।
ओभरल म्यान्डेड व्यवस्थापिकाले कार्यपालिकालाई दिन्छ । ’ यहीँनेर अर्थमन्त्री वाग्लेले मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्ने बताएका हुन ।
अर्थमन्त्री डा. वाग्ललेले भने, ‘कार्यपालिका अथवा प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो । त्यसैले यो सार्वभौम छ । मन नपरेको खण्डमा सरकारै फाल्न पाइने अधिकार यही थलोले राख्छ ।’