संविधान संशोधन कार्यदलको म्याद एक महिना थप

काठमाण्डु टुडे २०८३ जेठ २९ गते १५:३८ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको समय थप गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना (असार) थपेको हो ।

गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us