
काठमाण्डु, ४ बैशाख – व्यवस्थापिका संसद् बैठक व्यवस्थापिका संसद्को बैठक आज पनि बोलाइएको छ ।
दिउसो ३ बजेपछि बस्ने आजको बैठकमा विभिन्न समितिमा बाँकी रहेका सदस्यहरुको नामावली सुनाउने र संसद् सचिवालयमा दर्ता भएको सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक टेवल गर्ने कार्यक्रम रहेको छ ।
तर एकिकृत नेकपा माओवादीले फुजेल काण्डमा आफ्ना कार्यकर्ताविरुद्ध अदालतमा मुद्धा दायर गरेको भन्दै फिर्ता नभएसम्म कुनैपनि हालतमा संसद चल्न नदिने बताएको छ ।
हिजो पनि एमाओवादीले सदनका कामकारवाही अवरुद्ध गरेको थियो ।
एमाओवादीसँग भएको वार्तामा द्वन्द्वकालका सवै घटनालाई सत्य तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाउने सहमति भएपनि एमाओवादीले पक्राउ परेका कार्यकर्ता रिहाईको माग गरेको छ ।
कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न रहेको ठहर सहित १३ जनाविरुद्ध अदालतमा मुद्धा दायर भएपछि एमाओवादी आक्रोशित बनेको हो ।