रामचन्द्र पौडलले भने ‘कनकमणि डलरवादी’

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते १३:२० मा प्रकाशित

Ramchandra-Paudelकाठमाण्डु, ३ वैशाख – नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडलले नागरिक समाजका अगुवा कनकमणि दीक्षित डलरवादी भएको आरोप लगाएका छन् । आफ्नै निवास बोहराटारमा बुधबार द्वन्द्व पीडितहरुसँग भएको भेटमा उपसभापति पौडेलले दीक्षित डलरवादी भएको आरोप लगाएका हुन् ।

गोरखा फुजेलका अधिकारी दम्पत्तिको अनसनमा डलरवादीहरुको चलखेल भएको पौडेलको दाबी छ । अधिकारी दम्पत्तिको अनसन तोड्ने जिम्मा पनि कनकमणिजस्ता डलरवादीहरुले लिनुपर्ने उनको भनाइ थियो ।

फुजेलकाण्डका १३ जनाविरुद्ध मुद्धा चलाइएको छ, अधिकारी दम्पत्तीले तै पनि अनसन तोडन मानिरहेका छैनन्  यसका पछाडि डलरवादीहरुको दरो हात छ,पाैडेलले भने ।

यसैबीच नागरिक समाजका अगुवा कनकमणि दीक्षितले भने पौडेलले दिएको भनाइप्रति आपत्ति जनाएका छन् । उनले ट्वीट गर्दै पौडेललाई सार्वजनिक बहसका लागि तयार हुन चुनौती दिएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us