नेपाल र ओलीवीच भेटवार्ता

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते ८:१९ मा प्रकाशित

KP-Oli-Madhav-Nepalभक्तपुर, ४ बैशाख – अध्यक्ष बन्ने हौडमा रहेका एमाले नेता माधव कुमार नेपाल र केपी ओलीवीच आज भेटवार्ता भएको छ ।  ओलीलाई भेटन नेता नेपाल बिहान ओली निवास बालकोट पुगेका थिए ।

उनीहरुवीच करिव १० मिनेट भेट भएको थियो ।  उपचारका लागि भारत गएर स्वदेश फर्किएका ओलीको स्वास्थ्य अवस्था बुझ्न नेपाल बालकोट पुगेका हुन् । दुबै नेताले आगामी अधिवेशनका लागि उम्मेद्वारी दिने तयारी गरेका छन् । भारत बसाईका क्रममा ओलीले त यसपटक आफूले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us