
काठमाण्डु, ४ बैशाख – सरकारले पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको बैंठकमा मन्त्रिपरिषदको बैठकले राजधानीमा केही दिनदेखि अभाव भएको पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
बैठकमा अधिकांश मन्त्रीहरुले पेट्रोलियम पदार्थको आपूर्ती असहज भएको र आयल निगममा भएको घाटाका विषय सरकार गम्भिर भएर लाग्नुपर्नेमा जोड दिएका थिए । केहीदिन देखि राजधानीमा पेट्रोलियम पदार्थको चरम अभाव छ ।
यसैगरी बैठकले देशभर खोप सेवा सञ्चालन गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता डा मिनेन्द्र रिजालले जानकारी दिए ।