समाचार

उपचारका लागि दिल्ली गएका ओली डेढ महिनापछि स्वदेश फर्किए

२०७१ वैशाख ३ गते १०:३०

काठमाण्डु, ३ वैसाख – नेकपा एमालेका नेता केपी शर्मा ओली भारतमा उपचार गरेर आज स्वदेश फर्किएका छन् । उनी आज दिउँसो २ बजे एयर इन्डियाबाट स्वदेश फर्किएका हुन् । त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दे नेता ओलीले आफु स्वदेश फर्किए लगत्तै राजनीतिमा आएको मतभेद अन्त्य हुने...

महसुल नतिर्ने सातजना पक्राउ

२०७१ वैशाख ३ गते ९:५४

चितवन, ३ वैशाख –  विद्युत प्राधिकरण भरतपुरले बक्यौता नतिर्ने २६ ग्राहकको लाइन काटिएको र विद्युत चोरी गर्ने सात जनालाई पक्राउ गरिएको बताएको छ । चितवनको रत्ननगर र भरतपुर विद्युत वितरण शाखाले छुट्टाछट्टै रुपमा विद्युत चोरी नियन्त्रण र बक्यौता असुल अभियान सञ्चालन गरेको र सोही...

प्राध्यापक आन्दोलन स्थगित

२०७१ वैशाख ३ गते ९:५२

काठमाण्डु, ३ वैशाख –  त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घले त्रिवि प्राध्यापकको वृद्धि गरिएको तलब तीनहप्ताभित्र पाउने लगायत सत्रबुँदे माग पूरा हुने सहमति भएपछि दुई महिनादेखि गर्दै आएको आन्दोलन स्थगित गरेको छ । सङ्घले आज काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गरी त्रिवि प्राध्यापक सङ्घले राखेका मागहरु त्रिभुवन...

एकीकृत माओवादीको अवरोधपछि संसद बैठक बिहीबारसम्मका लागि स्थगित

२०७१ वैशाख ३ गते ९:२४

काठमाण्डु, ३ वैशाख । एकीकृत नेकपा माओवादीको अबरोधका कारण संसद बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज दुई पटक बसेको बैठक एकीकृत नेकपा माओवादीले अवरोध गरेपछि बिहीबार अपरान्ह ३ बजे सम्मका लागि स्थगित गरिएको छ । बिहान ११ बजे बसेर...

‘दमिनी साहिली’लाई अन्तर्राष्ट्रिय पुरस्कार

२०७१ वैशाख ३ गते ९:०१

फलेवास (पर्वत), ३ वैशाख – साना व्यवसायीको संस्था जिल्ला लघुउद्यमी सङ्घ पर्वत र राष्ट्रिय लघुउद्यमी सङ्घकी अध्यक्ष  केशाकुमारी परियारलाई शान्तिका लागि व्यवसायिक अन्तराष्ट्यि पुरस्कार २०१४ ले सम्मानित गरिने भएको छ । उनलाई यो पुरस्कार नर्वेको विजनेस फर पिस प्रतिष्ठानले आगामी जेठ १ गते ओस्लोस्थित...

सञ्चार सचिवको पद बहाली

२०७१ वैशाख ३ गते ८:५९

काठमाण्डु,, ३ वैशाख । सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले आज मन्त्रालयमा पदबहाली गरेका छन् । यसअघि महालेखा नियन्त्रकको कार्यालयको जिम्मेवारी सम्हालेका शर्मालाई गत चैत २७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो । मन्त्रालयमा आयोजित पद बहाली एवम् स्वागत समारोहमा उनले...

जाजरकोटमा जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु

२०७१ वैशाख ३ गते ८:२२

जाजरकोट, ३ वैशाख  – जाजरकोटमा जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । खलंगाबाट पाँचकाटियातर्फ गइरहेको भे १ ज ६०४ नम्बरको जिप खलंगा ६ दारतातोपानीमा दुर्घटना हुँदा ढिमे ४ रामराजा सिंह र खलंगा ७ तिमिलेका दण्डवीर वलीको...

वृद्धाको हत्या

२०७१ वैशाख ३ गते ७:३९

भद्रपुर, ३ वैशाख – झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ । चारपाने–६ बस्ने ७० वर्षीया वृद्धा तारा राजवंशीको घरमा मङ्गलबार बेलुकी आठ-दस जनाको समूह प्रवेश गरी उहाँमाथि  धारिलो हतियारले प्रहार गरी हत्या गर्नुका...

आयुर्वेद शिक्षण अस्पताल प्रशासन दश दिनदेखि बन्द

२०७१ वैशाख ३ गते ७:३८

 काठमाण्डु, ३ वैशाख – कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ । त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ, आयुर्वेद क्याम्पस एकाइले विभिन्न मागसहित गत चैत २४ गतेदेखि सो क्याम्पस र शिक्षण अस्पताल प्रशासन अनिश्चितकालीन तालाबन्दी गरिएको छ...

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

२०७१ वैशाख ३ गते ७:३४

चितवन, ३ वैशाख – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन् । एकीकृत नेकपा माओवादी र नेकपा–माओवादी चितवनले संयुक्त रुपमा जिल्ला प्रशासनमा धर्ना दिएका हुन् । द्वन्द्वकालीन...

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

२०७१ वैशाख ३ गते ७:३०

कालीकोट, ३ वैशाख – नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन् । नेकपा–माओवादी कालीकोटको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता चन्दले बाह्रबुँदे सहमतिमा उल्लेखित बुँदामा संविधानमा जनताका कुरा लेख्ने विषय समावेश भएको भए पनि अहिले...

संसदमा माओवादीको प्रश्न, ‘सुशील कोइराला कोबाट परिचालित ?’

२०७१ वैशाख ३ गते ७:०७

काठमाण्डु, ३ वैशाख–  एकीकृत माओवादीले सरकार विदेशी शक्तिको इशारामा शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएको छ । व्यवस्थापिका–संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता बाबुराम भट्टराईले सरकार विदेशी शक्तिको इशारामा द्वन्द्वकालिन मुद्धा ब्युँताएर मुलुकलाई संकटतर्फ धकेल्न उद्धत रहेको बताए । उनले फुजेललगायत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us