![](https://www.kathmandutoday.com/wp-content/uploads/2024/10/dishhome.gif)
काठमाण्डु, ३ वैसाख – नेकपा एमालेका नेता केपी शर्मा ओली भारतमा उपचार गरेर आज स्वदेश फर्किएका छन् । उनी आज दिउँसो २ बजे एयर इन्डियाबाट स्वदेश फर्किएका हुन् ।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दे नेता ओलीले आफु स्वदेश फर्किए लगत्तै राजनीतिमा आएको मतभेद अन्त्य हुने दावी गरे ।
‘राजनीतिमा व्यापक मतभेद छ केही कृत्रिम छन् अब राजनीतिले तिब्रता लिन्छ’ उनले भने । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले निष्कृय रहेको संसदीय दल पनि अव सक्रिय भएर लाग्ने बताए ।
उपचारका लागि ओली डेढ महिना अघि दिल्ली गएका थिए । अस्पतालको उपचारपछि आराम गर्न दिल्लीमै बसेका ओलीलाई त्यहाँ बिभिन्न राजनैतिक दलका नेताले समेत भेटेका थिए ।