एकीकृत माओवादीको अवरोधपछि संसद बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते ९:२४ मा प्रकाशित

Bicc

काठमाण्डु, ३ वैशाख । एकीकृत नेकपा माओवादीको अबरोधका कारण संसद बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आज दुई पटक बसेको बैठक एकीकृत नेकपा माओवादीले अवरोध गरेपछि बिहीबार अपरान्ह ३ बजे सम्मका लागि स्थगित गरिएको छ ।
बिहान ११ बजे बसेर एकीकृत माओवादीकै कारण स्थगित भएको बैठक दिउँसो साढे २ बजेपछि पुन बसेको थियो ।

बैठक सुरु भए लगत्तै एकीकृत माओवादीका सभासद जर्नादन शर्मा प्रभाकरले फुजेल घटनामा दोषी रहेका भन्दै पक्राउ गरिएका आफ्ना कार्यकर्ता रिहाईको माग गरे । द्धन्द्धकालको मुद्धा ब्युँताएको भन्दै उनले कार्यकर्ता नछाडेसम्म संसद बैठक चल्न नदिने अडान राखे ।

आफना १३ जना कार्यकर्ता विरुद्ध मुद्धा चलाएको प्रति तिब्र असन्तुष्टि ब्यक्त गर्दे उनले भने- ‘त्यसो भए प्लेन अपहरण गरेको मुद्धामा प्रधानमन्त्री सुशील कोइरालालाई मुद्धा हाल्न मिल्ने कि नमिल्ने’ ?

सरकारले शान्ति संझौता भाडेन चाहेको भन्दै उनले बरु सरकारले युद्धको घोषणा गरे आफूहरु त्यहि अनुसार अघि बढ्ने चेतावनी दिए । शान्ति संझौता बाकी छ की छैन भन्दै उनले यस बिषयमा सरकारले जबाफ दिनुपर्ने बताए ।

बैठक बस्नु अघि सभामुख सुबासचन्द्र नेम्वाङको पहलमा प्रमुख दलका शिर्षनेताहरुको बैठक बसेको थियो । दलहरुले आ-आफना अडान राखेपछि बैठक विना निष्र्कष टुंगिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us