देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते ७:३० मा प्रकाशित

कालीकोट, ३ वैशाख – नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन् ।

नेकपा–माओवादी कालीकोटको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता चन्दले बाह्रबुँदे सहमतिमा उल्लेखित बुँदामा संविधानमा जनताका कुरा लेख्ने विषय समावेश भएको भए पनि अहिले परिस्थिति सहज भएपछि काँग्रेस र एमाले त्यसबाट पछि हटेको आरोप लगाए  ।

पार्टी एकताको प्रसङ्गमा उनले सञ्चारमाध्यममा हावातालमा कुरा गरेर मात्र पार्टी एकता नहुने बताउँदै एकताका लागि कार्यनीति र रणनीतिका बारेमा एकरुपता हुनुपर्नेमा जोड दिए ।

आजदेखि माल्कोटमा सुरु भएको सम्मेलनको बन्दशत्रमा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी रहेको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने जिल्ला सेक्रेटरी सरोज बोगटीले बताए  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us