जाजरकोटमा जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते ८:२२ मा प्रकाशित

जाजरकोट, ३ वैशाख  – जाजरकोटमा जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । खलंगाबाट पाँचकाटियातर्फ गइरहेको भे १ ज ६०४ नम्बरको जिप खलंगा ६ दारतातोपानीमा दुर्घटना हुँदा ढिमे ४ रामराजा सिंह र खलंगा ७ तिमिलेका दण्डवीर वलीको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us