सञ्चार सचिवको पद बहाली

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते ८:५९ मा प्रकाशित

काठमाण्डु,, ३ वैशाख । सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले आज मन्त्रालयमा पदबहाली गरेका छन् । यसअघि महालेखा नियन्त्रकको कार्यालयको जिम्मेवारी सम्हालेका शर्मालाई गत चैत २७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो ।

मन्त्रालयमा आयोजित पद बहाली एवम् स्वागत समारोहमा उनले सूचना तथा सञ्चार जस्तो महत्वपूर्ण जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।

उनले प्रजातन्त्रको संस्थागत विकास र  मानवअधिकारको रक्षा का लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने चर्चा गरे । कार्यक्रममा मन्त्रालयका उच्च पदस्थ अधिकारी एवम् कर्मचारीहरु, मन्त्रालय सम्बद्ध विभाग तथा सञ्चारमाध्यमका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us