वृद्धाको हत्या

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते ७:३९ मा प्रकाशित

भद्रपुर, ३ वैशाख – झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ ।

चारपाने–६ बस्ने ७० वर्षीया वृद्धा तारा राजवंशीको घरमा मङ्गलबार बेलुकी आठ-दस जनाको समूह प्रवेश गरी उहाँमाथि  धारिलो हतियारले प्रहार गरी हत्या गर्नुका साथै उहाँकी बुहारी मीनालाई हतियारले गम्भीर घाइते बनाएको छ । मीनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको आशङ्कामा डाँगीबारी–१ बस्ने जोगेन्द्र राजवंशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवपरीक्षणका लागि भद्रपुरस्थित मेची अञ्चलमा ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us