काठमाण्डु, १७ साउन– सरकारले सिन्धुपाल्चोक पहिरोमा परेर घाइते भएकाको नि:शुल्क उपचार गर्ने भएको छ । घटनास्थलबाट उद्धार गरिएका करिब ४० जनामध्ये १६ जनाको राजधानीमा उपचार भइरहेको छ । सरकारले उपचार खर्च ब्यहोर्ने भएपछि बी एण्ड बी अस्पतालमा उपचार गराइरहेका ६ जनालाई त्रिवि शिक्षण अस्पताल...
सिन्धुपाल्चोक, १७ साउन– सिन्धुपाल्चोकको बाह्रबिसे नजिकै माङखा गाविसको जुरेमा गएको पहिरोमा मृत्यु भएकामध्ये ९ जनाको शव फेला परेको छ । घटनास्थलबाट एक बालक र दुई बालिकासहित नौ जनाको शव निकालिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बदासे–१ का ४० वर्षीय अभिषेक श्रेष्ठ, माङखा–१...
काठमाण्डु, १७ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो संरक्षणमा रहेका नेपाली युवा जितबहादुर सारुमगरलाई परिवारको जिम्मा लगाउने बताएका छन् । नेपाल भ्रमणको एक दिनअघि शनिबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मोदीले जितबहादुरलाई परिवारको जिम्मा लगाउने उल्लेख गरेका हुन् । नेपालको दुई दिने औपचारिक भ्रमणका...
काठमाण्डु, १७ साउन– एकीकृत माओवादीले सिन्धुपाल्चोकका बाढी प्रभावितको उद्धार र राहत वितरणमा हेल्चेक्र्याईं गरेको भन्दै सरकारको आलोचना गरेको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार आयोजित नियमति पत्रकार भेटघाटमा प्रवक्ता दीनानाथ शर्माले उद्धारमा सरकारी संयन्त्रको प्रभावकारी परिचालन नगरिएको भन्दै आपत्ति जनाए । थुनिएको नदीको...
बुटवल, १७ साउन– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले काँग्रेस, एमाले, एकीकृत माओवादी र जनजाति धारका राजनीतिक दलमा रहेका नेता–कार्यकर्ता ल्याएर नयाँ शक्ति बनाउने उद्घोष गरेका छन् । आफैं संरक्षक समाजवादी अध्ययन तथा संवाद केन्द्रले बुटवलमा शनिबार गरेको कार्यक्रममा उनले पूराना दलप्रति जनताको विश्वास गुमेकाले...
काठमाण्डु, १७ साउन– ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबारदेखि हुने नेपाल भ्रमणका क्रममा कालापानीबाट भारतीय सेना हटाउने प्रस्ताव राख्न प्रधानमन्त्री सुशील कोइराललाई आग्रह गरेको छ । मोर्चा अध्यक्ष फणिन्द्र नेपाल नेतृत्वको टोलीले कोइरालालाई बालुवाटारमा भेटेर कालापानीबाट भारतीय सैन्य बल पूर्ण रुपमा...
काठमाण्डु, १७ साउन– नेकपा–माओवादीले भारतसँग गर्ने भनिएको विद्युत व्यापार सम्झौता नगर्न आग्रह गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष मोहन वैद्यले राष्ट्रिय सहमतिबिना सम्झौता गर्न लागिएको भन्दै आपत्ति जनाएका हुन् । नेपालको जलस्रोतमाथि भारतीय एकाधिकार लाद्ने गरी सम्झौता हुन लागेको वैद्यको आरोप...
जाजरकोट, १७ साउन– तपाईं फोनबाट केटी जिस्क्याउनु हुन्छ ? अब त्यसो नगर्नु होला । जाजरकोटमा केटी जिस्क्याउने तीन युवक पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई जनही १५ हजार धरौटी लिएर छाडेको छ । फोनमा केटी जिस्क्याएको आरोपमा पक्राउ पर्नेमा अछानी गाविस–५ का नवराज शाही...
चौतारा, १७ साउन– सिन्धुपाल्चोकको जुरेमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेमध्ये आठ जनाको शव फेला परेको छ । तीमध्ये छ जनाको सनाखत भएको छ । सनाखत हुनमा बदासे–१ का ४० वर्षीय अभिषेक श्रेष्ठ, माङ्खा–१ का १८ वर्षीया आष्मादेवी श्रेष्ठ, सोही वडाका १७ वर्षीया रामदेवी...
काठमाण्डु, १७ साउन– काँग्रेस युवा नेता गगन थापाले नेपालको विकास हुन नसक्नुमा माग्ने प्रवृत्ति प्रमुख कारक रहेको बताएका छन् । राजधानीमा शनिबार भएको एक कार्यक्रममा उनले मग्ने प्रवृत्ति नछाडेसम्म मुलुकको विकास सम्वव नभएको बताए । ‘माग्ने प्रवृत्तिका कारण देश विकास हुन नसकेको हो’, थापाले...
काठमाण्डु, १७ साउन-सरकारले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले थुनिएको सुनकोसीको बहाव सुचारु गराउन भारत र चीनसँग सहयोग मागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकारका वरिष्ठ मन्त्री र सुरक्षा अधिकारीहरुको बैठकले दुई छिमेकीलाई सहयोग गर्न आग्रह गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधान एवम्...
काठमाण्डु, १७ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको पूर्वसन्ध्यामा कोसी विपद जनसरोकार समितिले भारतसँग भएको कोसी सम्झौता कार्यन्वयनमा ढिलाइ भएको भन्दै तत्काल कार्यन्वयन गर्नुपर्ने माग गरेको छ । सन् १९५४ अप्रिलमा भएको कोसी सम्झौताले आफूहरुको उर्वर भूमिलाई बालुवामा परिणत गरेको आरोप लगाउँदै समितिले सम्झौतामा...