फोनबाट केटी नजिस्क्याउनुस्, जरिवानामा परिएला

काठमाण्डु टुडे २०७१ साउन १७ गते ११:५९ मा प्रकाशित

जाजरकोट, १७ साउन– तपाईं फोनबाट केटी जिस्क्याउनु हुन्छ ? अब त्यसो नगर्नु होला ।
जाजरकोटमा केटी जिस्क्याउने तीन युवक पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई जनही १५ हजार धरौटी लिएर छाडेको छ ।

फोनमा केटी जिस्क्याएको आरोपमा पक्राउ पर्नेमा अछानी गाविस–५ का नवराज शाही र केशव बस्नेत तथा नायकवाडा–६ का रवीन्द्र शाह छन् ।

उनीहरुले जिल्लको खलङ्गा– ६ रिसागकी १६ वर्षीया सुशीला थापालाई फोनमार्फत पटकपटक जिस्क्याएका थिए ।

आफूलाई पटकपटक फोन गरेर हैरान बनाएपछि युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । उनीहरुले अबदेखि युवती केटी नजिस्क्याउने प्रंतिबद्धता जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us