काठमाण्डु, १७ साउन– सरकारले सिन्धुपाल्चोक पहिरोमा परेर घाइते भएकाको नि:शुल्क उपचार गर्ने भएको छ ।
घटनास्थलबाट उद्धार गरिएका करिब ४० जनामध्ये १६ जनाको राजधानीमा उपचार भइरहेको छ ।
सरकारले उपचार खर्च ब्यहोर्ने भएपछि बी एण्ड बी अस्पतालमा उपचार गराइरहेका ६ जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । यसअघि १० घाइतेको शिक्षण अस्पतालमै उपचार हुँदै आएको थियो ।
घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
सिन्धुपाल्चोकको माङखा गाविसमा गएराति आएको पहिरोमा पुरिएर मृत्यु भएको नौ जनाको शव फेला परेको छ भने स्थानीयका दर्जनौं घर पुरिएका छन् ।