काठमाण्डु, १७ साउन– एकीकृत माओवादीले सिन्धुपाल्चोकका बाढी प्रभावितको उद्धार र राहत वितरणमा हेल्चेक्र्याईं गरेको भन्दै सरकारको
आलोचना गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार आयोजित नियमति पत्रकार भेटघाटमा प्रवक्ता दीनानाथ शर्माले उद्धारमा सरकारी संयन्त्रको प्रभावकारी परिचालन नगरिएको भन्दै आपत्ति जनाए ।
थुनिएको नदीको बहास सुचारु गराउन, उद्धार कार्यमा तीव्रता दिन र घरबारविहीन भएकालाई राहत प्रदान गर्न आग्रह गरे । उनले सिन्धुपाल्चोक र आसपास क्षेत्रका कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा सक्रिय हुन पनि निर्देशन दिए ।
अर्को एक फरक प्रसंगमा शर्माले आइतबारबाट हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबारबाट हुने नेपाल भ्रमणबाट लामो समयपछि राजनीतिक तहमा संवादको ढोका खुल्ने बताए ।