सरकारले सुनकोसीमा उद्धारका लागि गुहार्‍यो भारत र चीन

काठमाण्डु टुडे २०७१ साउन १७ गते ११:११ मा प्रकाशित

काठमाण्डु, १७ साउन-सरकारले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले थुनिएको सुनकोसीको बहाव सुचारु गराउन भारत र चीनसँग सहयोग मागेको छ ।
bamdevप्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकारका वरिष्ठ मन्त्री र सुरक्षा अधिकारीहरुको बैठकले दुई छिमेकीलाई सहयोग गर्न आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले गम्भीर प्राकृतिक विपद् आइपरेकाले सहयोग गर्न भारत र चीन सरकारलाई आग्रह गरिएको बताए ।

उनले दुवै मुलुकले सहयोगको प्रतिबद्धता जनाएको बताए । ‘थुनिएको नदी एकैपटक बग्दा ठूलो क्षतिको सम्भावना छ’, गौतमले भने, ‘ठूलो विपद् भएकाले सहयोगका लागि आग्रह गरेका छौं ।’

उनले प्रभावित क्षेत्रमा सरकारले उद्धारमा कुनै कमी नगरेको दाबी गरे । उद्धारकार्यमा सातसय प्रहरी खटाइएको उनले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us