रास्वपालाई रविन्द्र मिश्रको सुझावः प्रत्यक्ष निर्वाचित कार्यकारी घातक हुन्छ

काठमाण्डु टुडे २०८३ असार ११ गते १४:०० मा प्रकाशित

काठमाण्डू, ११ असार– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रविन्द्र मिश्रले सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रत्यक्ष निर्वाचित कार्यकारी नेपालका हकमा घातक हुने भन्दै यसलाई समयमै बुझ्न आग्रह गरेका छन् ।

नेपालको हकमा कुनै पनि हालतमा प्रत्यक्ष निर्वाचित कार्यकारीको बाटोमा जानु हुँदैन, यो देशको लागि घातक हुनसक्छ भन्ने निष्कर्षमा आफू पुगेको भन्दै उनले रास्वपालाई सुझाव दिएका हुन् ।

‘अझ रास्वपाले जस्तो राजसंस्था पनि नचाहने र सर्वशक्तिमान प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री पनि चाहने व्यवस्था त कल्पनै नगरौँ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, रास्वपाका साथीहरू, बजेट प्रस्तुतिका दिन बजेटका प्राविधिक अर्थ नै नबुझी ताली पिटेजस्तो प्रत्यक्ष निर्वाचित कार्यकारीका बारे ताली नपिट्नु होला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us