भारतसँग सम्झौता नगर: वैद्य

काठमाण्डु टुडे २०७१ साउन १७ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, १७ साउन– नेकपा–माओवादीले भारतसँग गर्ने भनिएको विद्युत व्यापार सम्झौता नगर्न आग्रह गरेका छन् ।

mohan-baidya
शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष मोहन वैद्यले राष्ट्रिय सहमतिबिना सम्झौता गर्न लागिएको भन्दै आपत्ति जनाएका हुन् ।

नेपालको जलस्रोतमाथि भारतीय एकाधिकार लाद्ने  गरी सम्झौता हुन लागेको वैद्यको आरोप छ ।

‘राष्ट्रिय हितअनुरूपको सम्झौता गर्नुपर्दा पनि राष्ट्रिय सहमति कायम गरियोस्’, विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us