माग्ने प्रवृत्तिले देश विकास भएन: थापा

काठमाण्डु टुडे २०७१ साउन १७ गते ११:२५ मा प्रकाशित

काठमाण्डु, १७ साउन– काँग्रेस युवा नेता गगन थापाले नेपालको विकास हुन नसक्नुमा माग्ने प्रवृत्ति प्रमुख कारक रहेको बताएका छन् ।

Gagan-Thapa
राजधानीमा शनिबार भएको एक कार्यक्रममा उनले मग्ने प्रवृत्ति नछाडेसम्म मुलुकको विकास सम्वव नभएको बताए । ‘माग्ने प्रवृत्तिका कारण देश विकास हुन नसकेको हो’, थापाले भने, ‘आजैदेखि माग्ने प्रवृत्ति त्यागौं, देश विकासमा लागौं ।’

उनले नेपाल र भारतबीचको समस्या आजको भोलि नै सल्टने मनोविज्ञान त्याग्न पनि भने । उनले भारतसँग नयाँ सन्धि सम्झौता गर्नुको साटो विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा एमाले सभासद रेवतीरमण भण्डारीले विगतमा भारतले कोशी पीडिततसँग गरेको सम्झौताअनुसार क्षतिपूर्ति दिनुपर्ने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मोदीको भ्रमणका बेला नेपालले सो विषय जोडदार रुपमा उठाउन सक्नुपर्ने उल्लेख गरे । एमाओवादी नेता लीलामणि पोखरेलले भारतसँग नेपालले गरेका जलस्रोत सम्झौता सबै भारतीय स्वार्थमा रहेको बताए ।

कोशी व्यारेज बनाएको ६ दशकसम्म प्रभावित क्षेत्रका बासिन्दाले राहत र क्षतिपूर्ति पाउन नसकेको भन्दै त्यसमा भारतीय पक्षले बेइमानी गरेको आरोप लगाए ।

सम्झौताअनुसार कोशी पीडितहरुलाई मुआब्जा, स्थायी बसोबास र क्षतिपूर्ति दिन भारतसँग माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us