समाचार

भाउजु बलात्कार गर्ने थुनामा

२०७१ साउन २४ गते ११:३६

भक्तपुर, २४ साउन- भक्तपुर जिल्ला अदालतले सहोदर भाउजु बलात्कार गर्ने एकजनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । भाउजुलाई बलात्कार गरेको अभियोगमा सिन्धुपाल्चोक घर भएका शेरबहादुर तामाङ थुनामा परेका हुन् । अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले न्यायाधीश लेखनाथ ढकालको एकल इजलासले तामाङलाई पुर्पक्षका लागि जेल चलान...

जनतान्त्रिकको पत्रले रोकियो सशस्त्र समूहसँग वार्ता

२०७१ साउन २४ गते १०:४५

जनकपुर, २४ साउन– संविधानसभाको राजनीतिक संवाद तथा सहमति समिति मातहतको वार्ता उसमितिले पूर्वी तथा मध्य तराईमा सक्रिय सशस्त्र भूमिगत समूहसँग शनिबार गर्ने भनिएको वार्ता स्थगित भएको छ । समितिले उक्त क्षेत्रमा सक्रिय १८ मध्ये ९ वटा समूहसँग शनिबार जनकपुरमा वार्ता गर्ने बताएको थियो ।...

वैद्यलाई सहमतिमा ल्याउन एमाओवादीको जोड

२०७१ साउन २४ गते १०:३३

काठमाण्डु, २४ साउन–  एकीकृत माओवादीले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई पनि संविधान निर्माणमा सहभागी गराउन माग गरेको छ । संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउन र संविधानसभाबाहिर रहेका शक्तिलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराउने उद्देश्यले काँग्रेससँग शनिबार भएको छलफलमा एमाओवादीले यस्तो माग गरेको हो...

बालकको मृत्युपछि प्रहरीले गर्‍यो हवाई फायर

२०७१ साउन २४ गते १०:१४

काठमाण्डु, २४ साउन– काठमाण्डुको गोठाटारमा बालुवा निकाल्दा बनेको खाल्डोमा परेर एक बालको ज्यान गएको छ । पानी जमेको खाल्डोमा डुबेर स्थानीय १२ वर्षीय रोजिन श्रेष्ठको ज्यान गएको हो । घटनापछि आक्रोशित स्थानीयले गोठाटारमा प्रर्दशन गरेका छन् । उनीहरुले बालुवा वितरण गर्ने घरमा आगजनी गरेका...

साम्प्रदायिकताका कारण आदिवासी जनजाति लोप हुने अवस्थामा: गुरुङ

२०७१ साउन २४ गते ९:५८

काठमाण्डु, २४ साउन– नेकपा– माओवादीका सचिव देव गुरुङले आदिवासी जनजाति समुदाय लोपोल्मुख हुने प्रक्रिया अघि बढेको बताएका छन् । २० औं विश्व आदिवासी जनजाति दिवसक अवसरमा आदिवासी जनजाति महासंघले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले भूमि र जनसंख्याबाट आदिवासी जनजाति विस्थापित भएको बताए । उनले...

भट्टराई भन्छन्, ‘पार्टी अन्तरसंघर्षमा ‘नवआलोक’हरुको सक्रियता बढ्यो’

२०७१ साउन २४ गते ९:४८

काठमाण्डु, २४ साउन– एकीकृत माओवादी बाबुराम भट्टराईले पार्टीभित्रको अन्तसंघर्षलाई नवआलोकहरुले नकारात्मक दिशा दिन खोजेको टिप्पणी गरेका छन् । पार्टी विवाद उत्कर्षमा पुगेका बेला शनिबार ट्वीट गर्दै उनले  नवआलोक’हरुको नकारात्मक सक्रियता बढेको बताएका हुन् । ‘पार्टीभित्रको अन्र्तसंघर्षमा प्रत्येक पटक नवआलोकहरुको नकारात्मक सक्रियता विशेष उल्लेखनीय रहने...

नारायणकाजीले गरे प्रचण्ड र बाबुरामसँग वार्ता

२०७१ साउन २४ गते ९:३९

काठमाण्डु, २४ साउन– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी विवाद मिलाउन पहल सुरु गरेका छन् । उनले शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईलाई छुट्टाछुट्टै भेटेर विवाद समाधान गरी पार्टी एकता बचाउन आग्रह गरे । भट्टराईलाई उनकै निवास सानेपामा भेटेर श्रेष्ठ प्रचण्ड निवास...

जुरेमा बेहाल छ, सरकार मोदी र चरीको पछि लागेको छ

२०७१ साउन २४ गते ९:२९

काठमाण्डु, २४ साउन– एक साताअघि गएको सिन्धुपाल्चोक जुरेको पहिरोको पीडा बयान गरेर साध्य छैन । पीडितहरु लाखापाखा छन् । पुरिएकाहरुको अत्तोपत्तो छैन । कतिपय घरहरुको नामोनिशाना छैन । पछिल्लो समय घटनास्थल दुर्गन्धित बन्दै गएको छ । साउन १७ गते गएको पहिरोले १५६ जनाको ज्यान...

ओली निवास पुगेर एमाले मन्त्रीहरुले भने, ‘प्रधानमन्त्रीको असहयोगले काम गर्न सकिएन’

२०७१ साउन २४ गते ८:५४

काठमाण्डु, २४ साउन– एमालेले सरकार गठनअघि भएको सात बुँदे सहमति कार्यान्वयन गर्नेबारे काँग्रेससँग निर्णायक छलफल गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शनिबार बसेको केही पदाधिकारी र मन्त्रीहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा माधवकुमार नेपाल पक्षका उपाध्यक्ष भीम रावल...

स्थानीय युवाको कुटाइबाट प्रहरी असई घाइते

२०७१ साउन २४ गते ७:१७

टीकापुर, २४ साउन– कैलालीमा नेपाल प्रहरीका एक सहायक निरीक्षकमाथि आक्रमण भएको छ । जिल्लाको नारायणपुर गाविसमा रहेको सत्ती प्रहरी चौकीका प्रमुख रघुनाथ भण्डारीमाथि सांघातीक आक्रमण भएको हो । गस्तीमा गएका बेला शुक्रबार राति ११ बजेको समयमा उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

ओलीलाई डनका नेता घोषणा गर, चरी मार्ने प्रहरीलाई पुस्कृत गर

२०७१ साउन २४ गते ६:०३

के एमाले पार्टी र अध्यक्ष केपी ओली आफैंले डन पार्टी र डन नेता घोषणा गर्न खोजेको हो ? चरीका लागि मात्र संसद् अवरुद्ध गर्ने भए चरीबाट पीडित भएकाहरुका लागि चाहिं के बन्द गर्ने नि ? चरीका लागि मात्र अवरुद्ध हुने संविधानसभा वा संसद् वास्तवमा...

आज विश्व आदिवासी जनजाति दिवस

२०७१ साउन २४ गते २:५२

काठमाण्डु, २४ साउन-२० औं विश्व आदिवासी जनजाति दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले अपराह्न काठमाण्डुको टुँडिखेलमा विशेष समारोह गर्दैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट ९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us