काठमाण्डु, २४ साउन– काठमाण्डुको गोठाटारमा बालुवा निकाल्दा बनेको खाल्डोमा परेर एक बालको ज्यान गएको छ ।
पानी जमेको खाल्डोमा डुबेर स्थानीय १२ वर्षीय रोजिन श्रेष्ठको ज्यान गएको हो ।
घटनापछि आक्रोशित स्थानीयले गोठाटारमा प्रर्दशन गरेका छन् । उनीहरुले बालुवा वितरण गर्ने घरमा आगजनी गरेका छन् । प्रदर्शन रोक्न प्रहरीले चार राण्ड हवाई फायर गरेको छ । स्थानीयले उक्त क्षेत्रबाट बालुवा निकाल्न रोक लगाइनुपर्ने माग गरेका छन् ।