भाउजु बलात्कार गर्ने थुनामा

काठमाण्डु टुडे २०७१ साउन २४ गते ११:३६ मा प्रकाशित

भक्तपुर, २४ साउन- भक्तपुर जिल्ला अदालतले सहोदर भाउजु बलात्कार गर्ने एकजनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

भाउजुलाई बलात्कार गरेको अभियोगमा सिन्धुपाल्चोक घर भएका शेरबहादुर तामाङ थुनामा परेका हुन् ।

अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले न्यायाधीश लेखनाथ ढकालको एकल इजलासले तामाङलाई पुर्पक्षका लागि जेल चलान गरेको जानकारी दिए । ठिमी प्रहरीले उनीविरुद्ध करणी मुद्धा चलाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us