समाचार

तिजमा फजुल खर्च गर्नेहरु सरकारको निगरानीमा

२०७१ साउन २४ गते २:४५

काठमाण्डु, २४ साउन– चाडपर्व नजिकिंदै जाँदा सरकारले चाडपर्वका नाममा अनावश्यक तडकभडक नदेखाउन आग्रह गरेको छ । गृह मन्त्रालयले शनिबार राजपत्रमा सूचना प्रकाशित गर्दै चाडपर्वका बेला अनावश्यक भोजभतेर, जमघट र फजुल खर्च नगर्न सचेत गराएको हो । गृहले सरकारी कर्मचारी र उनीहरुका परिवारमाथि चाडपर्वका बेला...

पहिरोमा मृत्यु हुनेको संख्या चार पुग्यो, एक बेपत्ता

२०७१ साउन २४ गते २:३३

दोलखा,  २४  साउन–दोलखाको जिरीमा पहिरोले पुरिएर पहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ । हराइरहेका फर्मुल तामाङ मृत फेला परेपछि मृतकको संख्या चार पुगेको दोलखा प्रहरी प्रमुख नायब उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । यसअघि २५ वर्षीय पेमा डोल्मा तामाङ, १२ वर्षीया सुष्मा जिरेल...

एमाले नेतृत्वले देखाएको गुण्डा मोह

२०७१ साउन २४ गते २:१५

काठमाण्डु, २४ साउन– सुनकोसी विपत, बसभित्र सामूहिक बलात्कारलगायतका विषय पनि थिए, बिहीबारको संसद तताउन । १ सय ५६ जना मृत्यु भएको सिन्धुपाल्चोकको विपतमा सदनले औपचारिकताबाहेक केही देखाएन । संवेदना पटकक् झल्केन । नेपालगञ्जको सामूहिक बलात्कार काण्ड केही महिला सभासदले मात्र उच्चारण लायक ठाने ।...

चरी प्रकरणबारे एमालेमा दुई चिरा

२०७१ साउन २३ गते १४:४३

काठमाण्डु, २३ साउन– प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके भनिएका दिनेश अधिकारी चरीको विषयलाई लिएर एमाले शीर्ष नेतृत्वतहमा चर्को विवाद भएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकमा केही नेताले पार्टी नेतृत्वले डन प्रवृत्तिलाई संरक्षण गरेका कारण चरीको हत्या भएको आरोप लगाए । विगतमा नियन्त्रणमा लिने...

त्रिवि हातामा बोराका बोरा कण्डम

२०७१ साउन २३ गते १४:२५

काठमाण्डु, २३ साउन– मुलुकको प्रतिष्ठासँग जोडिएको कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसको हातामा बोराका बोरा कण्डमा फेला परेको छ । त्रिविमा अध्ययनरत विद्यार्थी निपेश ढकालको अगुवाइमा गरिएको सरसफाईका क्रममा  कण्डमसहित करिब ४० बोरा फोहोर संकलन भएको हो । सरसफाईका क्रममा कण्डमसहित चकलेट, चाउचाउ, सुर्तीजन्य पदार्थका खोल,...

मदिराले मातेर पाकिस्तानी नागरिक कुटेपछि वाग्ले पक्राउ

२०७१ साउन २३ गते १४:२४

काठमाण्डु, २३ साउन– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले पक्राउ परेका छन् । एक पाकिस्तानी नागरिकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई गएराति पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गको टोलीले पुतलीसडकस्थित एक होटलबाट गएराति २ बजेतिर पक्राउ गरेको हो । प्रहरीका...

श्रीमतीलाई झुक्याएर सम्बन्ध विच्छेद

२०७१ साउन २३ गते १४:२३

सुर्खेत,  २३ श्रावण – वीरेन्द्रनगर–८ का एक युवकले ६ महिनाकी छोरी भएकी श्रीमतीलाई झुक्याएर सम्बन्ध विच्छेद गरेका छन् । वीरेन्द्रनगर–८ शङ्कर चोक नजिकै घर भएका गोविन्द गौतमले श्रीमती शर्मिला पोख्रेल (गौतम) लाई झुक्याएर सम्बन्धविच्छेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी परेको हो । सुर्खेत निवासी...

बलात्कारीलाई सर्वस्वहरणसहित जन्मकैद माग

२०७१ साउन २३ गते १४:२०

काठमाण्डु, २३ साउन- सभासदहरुले नयाँ बन्ने संविधानमा बलात्कारीलाई जन्मकैदको व्यवस्था गरिनुपर्ने बताएका छन् । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा उक्त सजाय माग गरेका हुन् । बैठकमा बोल्दै सभासद रञ्जु ठाकुरले बलात्कारीलाई सर्वस्वसहित जन्मकैदको व्यवस्था गर्न माग गरिन् । त्यस्तो सजायले मात्र समाजमा बलात्कारका घटनामा कमी आउने...

सुनकोसी खुलाउन सेनाले पड्कायो २३ बम

२०७१ साउन २३ गते १४:०७

काठमाण्डु, २३ साउन– नेपाली सेनाले सिन्धुपाल्चोकको माङखा गाविसस्थित जुरेमा गएको पहिरोले थुनिएको सुनकोसी नदी खुलाउन शनिबार २३ वटा बम विस्फोट गराएको छ । सैीनक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा विस्फोटपछि पहिरोले बनेको कृत्रिम ताल घट्ने क्रममा रहेको उल्लेख छ । सेनाले जमेको पानीलाई जतिसक्दो...

कार्यकाल सकिनुअघि नै अध्यक्ष छाड्छु: ओली

२०७१ साउन २३ गते १३:५९

काठमाण्डु, २३ साउन- एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षे कार्यकाल नपुग्दै पद त्याग गर्ने घोषणा गरेका छन् । पार्टीको झापा-काठमाण्डु सम्पर्क मञ्चले शुक्रबार राजधानीमा गरेको कार्यक्रमम उनले अर्को कार्यकालका लागि अध्यक्ष बन्ने चाहना नभएकाले पार्टीमा गुटबन्दी नगर्ने बताए । ‘मलाई पार्टीमा गुटबन्दी गर्नुछैन’,...

गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गराउने अख्तियारको फन्दामा

२०७१ साउन २३ गते १२:५७

काठमाण्डु, २३ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिल्लीबजार मालपोत कार्यालयका शाखा अधिकृत सीताराम पोखरेलसहित ६ कर्मचारीलाई पक्राउ गरेको छ । उनीहरुलाई गुठी जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने अभियोगमा पक्राउ गरिएको अख्तियारले जनाएको छ । काठमाण्डु सरस्वती गाविस ६ मा रहेको गुठीको ४ रोपनी...

चरीबारे बामदेव बोल्दा राजेन्द्रले भने, ‘पुलिसले लेखेको रिपोर्ट पढेर हुन्छ ?

२०७१ साउन २३ गते १२:२३

काठमाण्डु, २३ साउन– गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ मारिएको विषयमा शुक्रबार उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका–संसदलाई जवाफ दिए । जवाफमा क्रममा उनले चरी प्रहरीको जवाफी कारबाहीमा मारिएको बताए । चरी काठमाण्डुको भीमढुंगामा रहेको र त्यहाँबाट धादिङ जाने लागेको सूचनाका आधारमा पिछा गर्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us