मदिराले मातेर पाकिस्तानी नागरिक कुटेपछि वाग्ले पक्राउ

काठमाण्डु टुडे २०७१ साउन २३ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, २३ साउन– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले पक्राउ परेका छन् ।

एक पाकिस्तानी नागरिकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई गएराति पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गको टोलीले पुतलीसडकस्थित एक होटलबाट गएराति २ बजेतिर पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले दरबारमार्गमा रहेको सिजलिङ बार एण्ड डान्स रेष्टुरेण्टमा मदिरामत्त भएर पाकिस्तानी नागकरिमाथि हात छाडेका थिए ।

वाग्लेको कुटाइबाट ती पाकिस्तानी गम्भीर घाइते भएको दरबारमार्ग प्रहरीका नायव उपरीक्षक राजकुमार सिलवालले बताए । उनले वाग्लेसहित घटनामा संलग्न पाँचजनाविरुद्ध सार्वजनिक मुद्धा चलाउने तयारी भएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us