समाचार

महेश बस्नेतले भने – गुण्डागर्दी शैलीमा हप्ता असुल्ने प्रहरीले चरी मारे

२०७१ साउन २३ गते ११:१३

काठमाण्डु, २३ साउन – युवा संघका अध्यक्ष महेश बस्नेतले प्रहरीलाई गुण्डाको संज्ञा दिदै गुण्डागर्दी गर्दै हिड्ने प्रहरीको समुहलेले हत्या गरेको बताएका छन् । ‘चरी’ को गैह्रन्यायिक हत्या भएको भन्दै एमाले कार्यकर्ताले शुक्रबार शिक्षण अस्पताल महारागजञ्ज अगाडी एक घण्टा धर्ना कार्यक्रममा बस्नेतले यस्तो बताएका हुन्...

वीर अस्पताल उपकुलपतिमा गुरुङ नियुक्त

२०७१ साउन २३ गते १०:०२

काठमाण्डु, २३ साउन – स्वास्थ्यमन्त्री खगराज अधिकारीको संयोजकत्वमा बनेको समितिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपतिमा डा गणेश गुरुङलाई नियुक्त गरेको छ । स्वास्थ्य मान्त्रीको तीन सदस्य समितिले रिक्त पदका लागि पठाएको सिफारिसलाई प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपतिले सुशिल कोइरालाले गुरुङलाई नियुक्ति शुक्रबार...

भीरबाट खसेर प्रहरीको मृत्यु

२०७१ साउन २३ गते ९:३९

अछाम , २३ साउन – अछाममा भीरबाट खसेर एक प्रहरी जवानमो मृत्यु भएको छ । बाजुरामा नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान अछाम कालिका गाविस-६ घर भएका २९ वर्षीय नरेन्द्र साउद घरबाट छातासैन भन्ने ठाउँमा जाँदै गर्दा वडा नम्बर-६ को तवाकावाडी भन्ने ठाउँमा भीरबाट चिप्लिएर करिब...

चरी जवाफी कारबाहीमा मारिए : बामदेव

२०७१ साउन २३ गते ८:५२

काठमाण्डु, २३ साउन– उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ प्रहरीको जवाफी कारबाहीमा मारिएको बताएका छन् । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा सभासदहरुले उठाएका प्रश्नको जवाफमा गौतमले प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा ‘चरी’ मारिएको बताएका हुन् । बिहीबारको बैठकमा एमाले सभासदहरुले...

एमाले धादिङले भन्यो – ‘कमरेड चरी’ को सुनियोजित हत्या

२०७१ साउन २३ गते ८:३६

काठमाण्डु, २३ साउन – नेकपा एमाले धादिङ जिल्ला कमिटीले डन दिनेश अधिकारी ‘चरी’को हत्या सुनियोजित भएको दाबी गरेको छ । धादिङ एमाले जिल्ला कमिटी कार्यवाहक अध्यक्ष भुमि त्रिपाठीले जारी गरेको विज्ञप्तिमा प्रहरीले ‘मोष्ट वाण्टेड’ सूचीमा राख्नुपर्ने चरीले कुनै गैरकानुनी काम नगरेको पनि स्पष्ट पारेका...

प्रचण्ड र बाबुरामलाई नारायणकाजीले गरे एकताको अपिल

२०७१ साउन २३ गते ७:३७

काठमाण्डु, २३ साउन– आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी एकताका लागि नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीलाई कुनै जत्था वा पक्षको विशेषाधिकार र निषेधकारी प्रवृत्तिबाट बचाएर पार्टी एकता जोगाउन अपिल गरेका हुन् ।...

पार्टी विवाद दूधभातजस्तै: प्रचण्ड

२०७१ साउन २३ गते ७:०६

चितवन, २३ साउन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा हाल देखिएको आन्तरिक विवादलाई दूधभातको संज्ञा दिएका छन् । सासुको १३ औं दिनको तिथिमा सहभागी हुन गृहजिल्ला चितवन पुगेका उनले भरतपुरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी विवाद दूध भातजस्तै भएको टिप्पणी गरेका हुन्...

चरीको शवमा ओलीले एमालेको झण्डा ओढाउने

२०७१ साउन २३ गते ५:५२

काठमाण्डु, २३ साउन–  नेकपा एमालेले गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ को शवमा पार्टी झण्डा ओढाउने भएको छ । धादिङका एमाले केन्द्रीय सदस्य खेम लोहनीले चरीको शवमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी झण्डा ओढाउने बताए । चरी एमाले धादिङ क्षेत्र नम्बर–१ का पूर्वअध्यक्ष हुन्...

चरी मारिएको विरोधमा एमालेद्वारा धादिङ बन्द

२०७१ साउन २३ गते ३:४१

काठमाण्डु, २३ साउन– एमालेले गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएको विरोधमा धादिङ बन्द आह्वान गरेको छ । प्रहरीले चरीलाई पक्राउ गरी हत्या गरेर नक्कली मुडभेडमा मारिएको झुठो प्रचार गरको भन्दै एमाले सम्वद्ध युवा संघ, अनेरास्ववियु लगायत भातृ संगठनले जिल्ला बन्दको आश्वान...

प्रचण्डका अगाडि कड्किँदैछन् आज भट्टराई

२०७१ साउन २३ गते ३:०६

काठमाण्डु, २३ साउन– पार्टी विवाद उत्कर्षमा पुगेका बेला एकीकृत माओवादी वैचारिक व्यवस्थापन समितिको बैठक आज बस्दैछ । अध्यक्ष प्रचण्ड चितवनबाट फर्किएपछि अपराह्न बैठक बस्न लागेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । नेता बाबुराम भट्टराई पक्षले जिल्लाजिल्लामा समानान्तर कमिटी गठन गरेसँगै एमाओवादी विवाद चर्किएको हो...

चरी प्रकरणबारे बुझ्न एमालेले बोलायो पार्टीका मन्त्री

२०७१ साउन २३ गते २:४७

काठमाण्डु, २३ साउन– सरकारको कामकारबाहीबारे समीक्षा गर्न एमालेले  पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग आज छलफल गर्दैछ । अपराह्न तीन बजेपछि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदाधिकारीले सरकारका कामकारबाहीबारे मन्त्रीहरुसँग जानकारी लिन लागेकाे सचिव योगेश भट्टराईले जानकारी दिए । एमालेमा पार्टीका मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेको...

पहिरोले घर पुरिँदा दम्पत्तिको मृत्यु

२०७१ साउन २३ गते २:२४

सिन्धुपाल्चोक, २३ साउन– सिन्धुपाल्चोकको बाँसखर्कमा माथिबाट खसेको पहिरोले घर पुरिँदा एक दम्पत्तिको मुत्यु भएको छ । अरिबल वर्षासँगै बाँसखर्क–३ मा गएराति ११ बजेको समयमा घर पुरिँदा स्थानीय ३६ वर्षीय वाङदेल थिङ र उनकी श्रीमती ४० वर्षीया मोतीको ज्ययान गएको जिल्ला प्रहरीले कार्यालय सिन्धुपाल्चोकले जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us