भीरबाट खसेर प्रहरीको मृत्यु

काठमाण्डु टुडे २०७१ साउन २३ गते ९:३९ मा प्रकाशित

अछाम , २३ साउन – अछाममा भीरबाट खसेर एक प्रहरी जवानमो मृत्यु भएको छ ।

बाजुरामा नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान अछाम कालिका गाविस-६ घर भएका २९ वर्षीय नरेन्द्र साउद घरबाट छातासैन भन्ने ठाउँमा जाँदै गर्दा वडा नम्बर-६ को तवाकावाडी भन्ने ठाउँमा भीरबाट चिप्लिएर करिब ५०० मिटर तल खसेको र उनको घटनास्थलमै बिहीवार ज्यान गएको हो ।

साउद घर बिदामा आएका हुन् । रासस

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us