प्रचण्ड र बाबुरामलाई नारायणकाजीले गरे एकताको अपिल

काठमाण्डु टुडे २०७१ साउन २३ गते ७:३७ मा प्रकाशित

काठमाण्डु, २३ साउन– आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी एकताका लागि नेता तथा narayan kajiकार्यकर्तालाई अपिल गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीलाई कुनै जत्था वा पक्षको विशेषाधिकार र निषेधकारी प्रवृत्तिबाट बचाएर पार्टी एकता जोगाउन अपिल गरेका हुन् ।

छलफलको स्वतन्त्रता र कामकारबाहीमा एकरुपताको पद्धति सबैले पालना गर्नुपर्ने उनको भनाइ छ । श्रेष्ठले यथास्थितिवादी भ्रष्टीकरण र वृकृत्ति–विसंगतिविरुद्ध रुपान्तरण र पुनर्गठनमार्फत नयाँढंगको पार्टी निर्माणमा जोड दिएका छन् ।

श्रेष्ठले सहिद, बेपत्ता एवम् घाइते योद्धा, आमकार्यकर्ता, श्रमजिवी वर्ग, एवम् जनता र क्रान्तिकारीलाई धोखा दिने कार्य कसैले पनि गर्न नहुने उल्लेख गरेका छन् । उनले पछि पछुताउनुको अर्थ नरहेको भन्दै सबैलाई समयमै आँखा खोल्न र आ–आफ्नो ठाउँबाट एकता र रुपान्तरणको पक्षमा भूमिका खेल्न भनेका छन् ।
पार्टीलाई कुनै जत्था र पक्षको परम्परागत विशेषाधिकार र निषेधकारी प्रवृत्तिबाट पनि बचाऔं ।

यथास्थितिवादी, भ्रष्टीकरण र विक्रिति विसंगतिविरुद्ध रुपान्तरण, पुनर्गठन, र नयाँ ढंगको पार्टी निर्माणको पक्षमा जुटौं’, श्रेष्ठले भनेका छन्, ‘पछि पछुताउने होइन, अहिले नै सबैले आँखा खोलौं र आ( आफ्नो ठाउँबाट एकता र रुपान्तरणको पक्षमा भूमिका खेलौं ।’

अपिलमा उनले संस्थापन र असन्तुष्ट नेता बाबुराम भट्टराई दुवै पक्षतर्फ संकेत गरेका छन् ।

जिल्लाजिल्लामा समानान्तर कमिटि गठन गरेको र बैठकमा अनुपस्थित रहेको भन्दै भट्टराई पक्षीय केही नेतालाई स्थायी समितिले कारबाही गरेपछि एमाओवादीभित्रको विवाद उत्ककर्षमा पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us