वीर अस्पताल उपकुलपतिमा गुरुङ नियुक्त

काठमाण्डु टुडे २०७१ साउन २३ गते १०:०२ मा प्रकाशित

काठमाण्डु, २३ साउन – स्वास्थ्यमन्त्री खगराज अधिकारीको संयोजकत्वमा बनेको समितिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपतिमा डा गणेश गुरुङलाई नियुक्त गरेको छ ।

bir-hospitalस्वास्थ्य मान्त्रीको तीन सदस्य समितिले रिक्त पदका लागि पठाएको सिफारिसलाई प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपतिले सुशिल कोइरालाले गुरुङलाई नियुक्ति शुक्रबार गरेको छ ।

विगत ४ महिनादेखि प्रतिष्ठानमा उपकुलपति लगायत पदाधिकारीको पद रिक्त बनेको छ ।

केहीदीनदेखि वीरअस्पतालका चिकित्सकहरुले आन्दोलन गर्दै आएका छन् । उनीहरुको विभिन्न मागहरु मध्ये रिक्त पदपूर्ती पनि रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us