कार्यकाल सकिनुअघि नै अध्यक्ष छाड्छु: ओली

काठमाण्डु टुडे २०७१ साउन २३ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, २३ साउन- एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षे कार्यकाल नपुग्दै पद त्याग गर्ने घोषणा गरेका छन् ।
kp oliपार्टीको झापा-काठमाण्डु सम्पर्क मञ्चले शुक्रबार राजधानीमा गरेको कार्यक्रमम उनले अर्को कार्यकालका लागि अध्यक्ष बन्ने चाहना नभएकाले पार्टीमा गुटबन्दी नगर्ने बताए ।

‘मलाई पार्टीमा गुटबन्दी गर्नुछैन’, ओलीले भने, ‘त्यसो भएर गुटबन्दी पनि गर्दिन, सकभर पाँच वर्ष नपुग्दै अध्यक्ष छाड्छु ।’ त्यसरी पद छाड्दा कसैले कुरा नकाट्ने उनको भनाइ थियो । ओलीले अरु नेताले जस्तो आफू उपदेश मात्र दिने नभई उदाहरणीय काम गरेर देखाउने दाबी गरे ।

उनले पार्टीभित्रका सबै नेता कार्यकर्तालाई बिनाभेदभाव जिम्मेवारी दिने उल्लेख गरे ।

‘म कसैलाई पनि गुटबन्दी र भेदभाव गर्दिन’, ओलीले भने, पार्टीभित्रको काम नपाएको ठूलो पंक्तिलाई साथमा लिएर नमुना एमाले बनाउँछु ।’ ओलीले निर्वाचनका बेला भएका तीतामीठा घटना बिर्सन नेता कार्यकर्तालाई अपिल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us