समाचार

सेनाले थर्काएपछि सरकारद्वारा जुरे पहिरो हटाउन चिनियाँ सहयोग अस्वीकार

२०७१ साउन २५ गते २:१२

काठमाण्डु, २५ साउन– सिन्धुपाल्चोकको जुरे पहिरोले थुनिएको अरनिको राजमार्ग खुलाउन आफ्नो सेनाको प्राविधिक टोली पठाउन चीनले गरेको प्रस्ताव सरकारले अस्वीकार गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त कामका लागि कुनै पनि मुलुकको सहयोग नलिने निर्णय गर्दै चिनियाँ प्रस्ताव कूटनीतिक भाषामा अस्वीकार गरेको हो ।...

चरी प्रकरणमा एमालेको विरोधबीच गुण्डाको सम्पत्ति खोज्दै प्रहरी

२०७१ साउन २५ गते २:०६

काठमाण्डु, २५ साउन–प्रहरीले गुण्डा नाइकेहरुले आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्ति खोज्ने विशेष संयन्त्र परिचालन गरेको छ । ‘चरी’ भनिने गुन्डा नाइके दिनेश अधिकारी ‘‘इन्काउन्टर’ मा मारिएसँगै प्रहरीले संगठित अपराध सञ्चालन गरी सम्पत्ति आर्जन गर्दै आएका आपराधिक पृष्ठभूमिका व्यक्तिको सम्पत्ति खोज्न सक्रियता देखाएको हो ।...

आज जनैपूर्णिमा

२०७१ साउन २५ गते १:५२

काठमाण्डु, २५ साउन–आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व । सनातन हिन्दू तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै ९यज्ञोपवित० फेर्ने चलन छ । जनैपूर्णिमाका तीन पक्ष रहेका छन्ः यज्ञोपवित, रक्षाबन्धन र...

चरी दाेहाेराे भिडन्तमा मारिएको बताएपछि बामदेवको जागिर धरापमा

२०७१ साउन २४ गते १४:२६

काठमाण्डु, २४ साउन– गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ मारिएको विषयलाई लिएर एमालेमा स्पष्ट दुई धार देखिएको छ । व्यवस्थापिका–संसदमा चरी प्रहरीको जवाफी कारबाहीमा मारिएको बताएपछि उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमप्रति अध्यक्ष केपी शर्मा ओली पक्ष आक्रोशित भएको छ । संस्थापनमै भए पनि धादिङका...

रामकुमारी भन्छिन्, ‘एमाले नेताको गुण्डा मोह देखेर लाज लाग्यो’

२०७१ साउन २४ गते १४:२५

काठमाण्डु, २४ साउन– एमाले नेतृ रामकुमारी झाँक्रीले दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएको विषयमा केही नेताले गरेका क्रियाकलापबाट आफू लज्जित भएको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले एमाले भएकामा गर्व गरे पनि चरी प्रकरणमा नेताहरुले देखाएको क्रियाकलापले लज्जित र पीडा महसुुस गरेको...

बाबुरामलाई पार्टी जिम्मा लगाउन सकिंदैन: विष्ट

२०७१ साउन २४ गते १४:२१

सल्लेरी, २४ साउन– एकीकृत माओवादी स्थायी समिति सदस्य लोकेन्द्र विष्टमगरले  नेता बाबुराम भट्टराईलाई पार्टी जिम्मा लगाउन नसकिने बताएका छन् । सोलुखुम्बुको सल्लेरीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विष्टले बाबुरामले नेतृत्व माग्दैमा नपाउने बताएका हुन् । पार्टीमा अझै प्रचण्डको नेतृत्वको आवश्यकता रहेकाले नेतृत्व परिवर्तनको असान्दर्भिक बहस...

ओलीका अगाडि प्रधानमन्त्रीविरुद्ध यसरी खनिए एमाले मन्त्री

२०७१ साउन २४ गते १४:०४

काठमाण्डु, २४ साउन–  वर्तमान सरकारमा रहेका एमालेका मन्त्रीहरु प्रधामन्त्री सुशील कोइरालाविरुद्ध खनिएका छन् । अध्यक्ष कपी ओलीलाई सरकारको कामकारबाहीबारे जानकारी गराउन शनिबार ओली निवास बालटोट पुगेका एमालेका ६ मन्त्रीले प्रधानन्त्रीको कार्यशैलीको तीव्र आलोचना गरेका हुन् । छलफलमा पार्टी उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री बामदेव...

एमाओवादी विवाद मिल्यो

२०७१ साउन २४ गते १४:०१

काठमाण्डु, २४ साउन– एकीकृत माओवादीमा विराटनगर राष्ट्रिय सम्मेलनयता जारी विवाद छिट्टै अन्त्य हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईबीचको छलफलपछि विवादले सकारात्मक मोड लिएको हो । प्रचण्ड र भट्टराईबीच शुक्रबार र शनिबार छलफल भएको थियो । ‘अध्यक्ष र बाबुराम...

मोदीका अगाडि मुसा बन्नेले राष्ट्रियता सिकाउनु पर्दैन: शेर्पा

२०७१ साउन २४ गते १३:२४

काठमाण्डु, २४ साउन– सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष पासाङ शेर्पाले पहिचान माग्दा आफूहरुमाथि जातिवादी आरोप लगाइने गरेको भन्दै जनजातिलाई राष्ट्रियताको पाठ नसिकाउन चेतावनी दिएका छन् । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाले विश्व आदिवासी जनजाति दिवसका अवसरमा राजधानीमा शनिबार भएको कार्यक्रममा मुलुकको नदी नाला बेचेर...

बाबुराम पक्षमाथिको कारबाही फिर्ता हुँदैन: गजुरेल

२०७१ साउन २४ गते १३:१८

काठमाण्डु, २४ साउन– एकीकृत माओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले बाबुराम भट्टराई पक्षधर नेताहरुमाथि गरिएको कारबाही फिर्ता नहुने बताएका छन् । शनिबार राजधानीमा भएको एक कार्यक्रममा उनले पार्टी हितविपरीतका गतिविधिमा संलग्न रहेकाले गंगा श्रेष्ठ र रामरिझन यादवमाथि कारबाही गरिएकाले फिर्ता नहुने स्पष्ट गरे । पार्टीमा स्वेच्छाचारी...

संसदमा राष्ट्रपति बोल्दा ताली बजाउने एमालेले अनुमोदनको कुरा गर्न मिल्छ ?

२०७१ साउन २४ गते १३:०३

काठमाण्डु, २४ साउन– नेपाली काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गराउनुपर्ने एमालेको माग अवैधानिक र असान्दर्भिक रहेको बताएको छ । राष्ट्रपतिले संसदमा सम्बोधन गरिसकेको अवस्थामा अनुमोदनको कुरा उठाउनु सान्दर्भिक नभएको भनाइ काँग्रेसको छ । एमालेले राष्ट्रपति संसदबाट अनुमोदन गराउन तयार नभए सरकारबाटै बाहिरिने चेतावनी...

सरकारबाट बाहिरिने एमालेको चेतावनी

२०७१ साउन २४ गते १२:१६

काठमाण्डु, २४ साउन– एमालेले राष्ट्रपति र उपराष्ट्रपति संसदबाट अनुमाेदन गराउने पूर्वसहमति कार्यान्वयन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले तत्काल राष्ट्रपति र उपराष्ट्रपति संसदबाट अनुमोदन नभए आफ्नो पार्टीले गठबन्धन तोड्ने चेतावनी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us