चरी प्रकरणमा एमालेको विरोधबीच गुण्डाको सम्पत्ति खोज्दै प्रहरी

काठमाण्डु टुडे २०७१ साउन २५ गते २:०६ मा प्रकाशित

काठमाण्डु, २५ साउन–प्रहरीले गुण्डा नाइकेहरुले आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्ति खोज्ने विशेष संयन्त्र परिचालन गरेको छ ।

police_logo‘चरी’ भनिने गुन्डा नाइके दिनेश अधिकारी ‘‘इन्काउन्टर’ मा मारिएसँगै प्रहरीले संगठित अपराध सञ्चालन गरी सम्पत्ति आर्जन गर्दै आएका आपराधिक पृष्ठभूमिका व्यक्तिको सम्पत्ति खोज्न सक्रियता देखाएको हो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार डेढ दर्जन गुण्डा अझै पनि प्रहरी निगरानीमा छन् ।
प्रहरी उच्च स्रोतका अनुसार संगठित र आर्थिक अपराध तथा दुर्लभ वन्यजन्तु तस्करीबाट सम्पत्ति जोडेको आरोप लागेका माथि अनुसन्धान जारी छ । ‘चरी’ मारिएपछि सत्तारुढ नेकपा एमालेका शीर्ष नेताहरु प्रहरीविरुद्ध एकपछि अर्को गर्दै सडकदेखि संसदसम्म आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् ।

तर, प्रहरीले गुनण्डा नाइकेमाथिको कारबाही राजनीतिक प्रभावका आधारमा नरोक्ने प्रतिबद्धता जनाएको छ । ‘अपराधीमाथि कारबाही हुँदा आउने जस्तोसुकै दबाबको सामना गर्न हामी तयार छौं,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने ।

चरी प्रकरणमा एमालेका नेताहरुले अनुसन्धानमा खटिएका प्रहरी अधिकारी र गृहमन्त्री वामदेव गौतमको राजीनामा नै मागिसकेका छन् । तर, राजनीतिक दबाबका बेला अनुसन्धान अघि बढाउन केही असहज भए पनि अराधविरुद्धको मिसन नरोकिने प्रहरीले स्पष्ट पारेको छ ।

काराेबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us