बाबुराम पक्षमाथिको कारबाही फिर्ता हुँदैन: गजुरेल

काठमाण्डु टुडे २०७१ साउन २४ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, २४ साउन– एकीकृत माओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले बाबुराम भट्टराई पक्षधर नेताहरुमाथि गरिएको कारबाही फिर्ता नहुने haribol gajurelबताएका छन् ।
शनिबार राजधानीमा भएको एक कार्यक्रममा उनले पार्टी हितविपरीतका गतिविधिमा संलग्न रहेकाले गंगा श्रेष्ठ र रामरिझन यादवमाथि कारबाही गरिएकाले फिर्ता नहुने स्पष्ट गरे ।

पार्टीमा स्वेच्छाचारी बन्ने अधिकार कसैलाई नभएको उनको भनाइ थियो । यद्यपि उनले कारबाहीलाई बाध्यात्मक भने । ‘पार्टी हितविपरीतका काम गरेकाले बाध्यात्मक अवस्थामा कारबाही गरिएको हो’, गजुरेलले भने, ‘स्वेच्छाचारी प्रवृत्ति भएकाहरुलाई गरिएको कारबाही फिर्ता हुँदैन । ’भट्टराई पक्षले आफ्ना नेताहरुमथिको कारबाही फिर्ताको काम गर्दै आएको छ ।

गजुरेलले विवाद समाधानको प्रयासमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईबीच सकारात्मक छलफल भइरहेको जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us