रामकुमारी भन्छिन्, ‘एमाले नेताको गुण्डा मोह देखेर लाज लाग्यो’

काठमाण्डु टुडे २०७१ साउन २४ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, २४ साउन– एमाले नेतृ रामकुमारी झाँक्रीले दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएको विषयमा केही नेताले गरेका ramkumari jhakriक्रियाकलापबाट आफू लज्जित भएको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले एमाले भएकामा गर्व गरे पनि चरी प्रकरणमा नेताहरुले देखाएको क्रियाकलापले लज्जित र पीडा महसुुस गरेको बताएकी हुन् ।

विचार, सिद्धान्त, इमान र नैतिकता झुकेका कारण यस्तो भएको उनको ठहर छ । यस्तै मसलाले चुनाव जितिन्छ भन्ने भ्रमका कारण नेताहरु चरीको पछि लागेको आरोप उनको छ । पार्टीलाई बदनामीबाट जोगाउन आफूले धादिङका नेताहरु राजेन्द्र पाण्डे र गंगालाल तुलाधरलाई उत्तेजनामा नआउन अनुरोध गरे पनि ‘के नागरिक मार्न पाइन्छ ?’ भन्ने जवाफ पाएको उनले लेखेकी छन् ।

झाँक्रीले आफ्ना अरु धेरै पश्नको जवाफ खोज्न पार्टीभित्रै लड्ने उद्घो्षसमेत गरेकी छन् ।

झाँक्रीले लेखेकी छन्, ‘म नेकपा एमाले भएकोमा गर्व गर्छु तर बेलाबेलामा एमालेका केही नेताले गरेका क्रियाकलापले लज्जित हुनुपर्दा साह्रै पीडा हुँदोरहेछ । प्रसंग चरी । विचार, सिदान्त ईमान र नैतिकता झुकेको बेला सायद यस्तै हुन्छ होला । किन कि चुनाव यस्तै मसलाले मात्र जितिन्छ भन्ने भ्रम भएपछि । मैले माननीय राजेन्द्र पाण्डे र मा.गंगालाल तुलाधरलाई उत्तेजनामा नआउन अनुरोध गरेथें ।

ता कि पार्टी बदनामीबाट बचो भनेर । जवाफ पनि पाएँ ‘के नागरीक मार्न पाईन्छ भनेर ? मेरा अरू धेरै प्रश्नको जवाफ पार्टीभित्रै खोज्न लड्नेछु । यो प्रवृतिको विरुद्द बस् यति ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us