टीकापुर, २४ साउन– कैलालीमा नेपाल प्रहरीका एक सहायक निरीक्षकमाथि आक्रमण भएको छ ।
जिल्लाको नारायणपुर गाविसमा रहेको सत्ती प्रहरी चौकीका प्रमुख रघुनाथ भण्डारीमाथि सांघातीक आक्रमण भएको हो ।
गस्तीमा गएका बेला शुक्रबार राति ११ बजेको समयमा उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राति सडकको कल्भर्टमा बसिरहेका स्थानीय चक्र रावलको समूहलाई घर जान आग्रह गरेपछि सो समूहले भण्डारीलाई आक्रमण गरेको बताइएको छ । भण्डारीको टाउकोमा चोट लागेको छ । उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।