समाचार

एमालेकी कान्छी केन्द्रीय सदस्यले गरिन जनवादी विवाह

२०७१ असोज १० गते १४:०१

काठमाण्डु, १० असोज– एमाले वैकल्पिक केन्द्रीय सदस्य रचना खड्काले जनवादी विवाह गरेकी छन् । एमालेकी सबैभन्दा कान्छी केन्द्रीय सदस्य खड्काले अनेरास्ववियुका पूर्वनेता लेखनाथ पौडेलसँग बानेश्वरस्थित अर्याल होटलमा शुक्रबार आयोजित एक कार्यक्रमबीच जनवादी विवाह गरेकी हुन् । विद्यार्थी राजनीतिको पृष्ठभूमि भएका खड्का र पौडेलबीच लामो...

अस्पताल छाडेर क्लिनिक धाउने चिकित्सकलाई जेल हालिन्छ: स्वास्थमन्त्री

२०७१ असोज १० गते १३:५०

भरतपुर, १०असोज– स्वास्थ तथा जनसंख्यामन्त्री खगराज अधिकारीले सरकारी अस्पताल छाडेर प्राइभेट क्लिनिक धाउने चिकित्सकलाई पक्राउ गरेर जेल हाल्ने चेतावनी दिएका छन् । दसौं राष्ट्रिय सर्तकता दिवस–२०७१ तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको १५ औं वार्षिकोत्सव समारोहमा शुक्रबार बोल्दै मन्त्री अधिकारीले अस्पताल छाडेर क्लिनिक...

निकुञ्ज कर्मचारीमाथि सात गोली

२०७१ असोज १० गते १२:५०

चितवन, १० असोज– चितवन राष्ट्रिय निकुञ्मा हत्या गरिएका संरक्षणकर्मी शेषचन्द्र चौधरीलाई सात गोली हानिएको पुष्टि भएको छ । माडीस्थित निकुञ्जको जङ्गलमा हतियार धारी समूहको आक्रमणमा चौधरीको बिहीबार ज्यान गएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले उनको शरीरमा सात गोलीसँगै धारिलो हतियारसमेत प्रहार...

ईडिभी असोज १५ बाट खुला, भर्न पैसा नलाग्ने

२०७१ असोज १० गते १२:४३

काठमाण्डु, १० असोज – इलेक्ट्रोनीक डाइभर्सिटी भिसा (ईडिभी)  सन् २०१६का लागि असोज १५ गतेदेखि आवेदन खुल्ने भएको छ । कात्तिक १७ गतेसम्म डिभी भर्ने अन्तिम मिती तय गरेको काठमाण्डुस्थित अमेरिकी दूतावासले जनाएको छ। डिभी चिट्ठा भर्दा कुनै पनि शुल्क नलाग्ने अमेरिकी दूताबासले जनाएको छ। साथै...

तत्काल कार्यकर्ता रिहाइ गर्न मंगोलियन पार्टीको माग

२०७१ असोज १० गते ११:२३

काठमाण्डु, १० असोज – नेपाल सरकार र मंगोलियन नेशनल रिभोलुशनरी पार्टीवीच गत असोज ७ गते भएको सहमति शुक्रबार सो पार्टीले सार्वजनिक गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा मंगोलियन नेशनल रिभोलुशनरी पार्टीले पत्रकार सम्मेलन गरेर सरकारसँग गत ७ गते भएका ५ बुँदे सहमति आज...

सरकारले वेवास्ता गरेको भन्दै आन्दोलन गर्ने ज्येष्ठ नागरिकको चेतावनी

२०७१ असोज १० गते ११:२०

काठमाण्डु,१० असोज – ज्येष्ठ नागरिक संयुक्त तदर्थ समितिले आफ्ना माग पूरा नगरे दसैं तिहार पछि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । ज्येष्ठ नागरिक संयुक्त तदर्थ समितिद्धारा शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित बडादसैं तथा दिपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा ज्येष्ठ नागरिकका अगुवा महाप्रसाद पराजुलीले आफ्ना...

प्रस्तावित प्रधानन्यायाधीश साहको सुनुवाई स्थगित

२०७१ असोज १० गते ११:१०

काठमाण्डु, १० असोज–  प्रस्तावित प्रधान्यायाधीश रामकुमारप्रसाद साहको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवार्इ स्थगित भएको छ । काँग्रेस नेता एवम् पूर्वमन्त्री सिद्धराज ओझाको निधनका कारण सुनुवाइ स्थगित भएको हो । शुक्रबार बिहान ८ बजे समितिको बैठक बोलाइएको थियो । सुनवाइका लागि अर्को मिति तोकिएको...

ओलीले भने, ‘मलाई तानाशाह भन्नेलाई ज्ञान होस् , मेरो जन्म नै तानाशाहीविरुद्ध’

२०७१ असोज १० गते ११:०१

काठमाण्डु, १० असोज – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तानाशाही प्रवृत्तिको अन्त्य भएको बताएका छन् । कोही तानाशाही बन्न खोजे त्यसको राजनीतिक भविष्य समाप्त हुने घोषणा गरेका छन् । युवा संघ नेपाल बालकोटले शुक्रबार आयोजना गरेको विजयादशमीको शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रममा उनले...

प्रधानमन्त्री मोदी न्युयोर्क जाने दिन अमेरिकी अदालतद्धारा नोटिस जारी

२०७१ असोज १० गते ९:२६

काठमाण्डु, १० असोज – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अमेरिकाको संघीय अदालतले समाह्वान (नोटिस) जारी गरेको छ । प्रधानमन्त्री मोदीलाई सन् २००२ को गुजरात बमकाण्डको दोषी भन्दै सो नोटिस जारी गरेको हो ।  सो नोटिस मानवअधिकारवादी अमेरिकी संस्था अमेरिकी जस्टिस सेन्टर (एजेसी)र गुजरात दङ्गाका दुई...

राजेन्द्र महतो भन्छन्, ‘ मधेसलाई मुलुकबाट अलग्याउने प्रक्रिया सुरु’

२०७१ असोज १० गते ८:५२

काठमाण्डु, १० असोज– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले सिके राउतलाई पक्राउ गरेर मधेसलाई मुलुकबाट अलग गराउन खोजेको आरोप लगाएका छन् । महतोले राउतलाई तत्काल रिहा गर्न पनि माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारले नै मुलुक टुक्राउने राउतको एजेण्डातर्फ मधेसलाई धकेल्ने...

विमानस्थलमा अलपत्र क्रिकेट टोली उड्यो छुट्टाछुट्टै विमानमा

२०७१ असोज १० गते ८:४७

काठमाण्डु, १० असोज – १७ औं एसीयाडमा सहभागी हुन नेपाली क्रिकेट टोली शुक्रबार दिउँसो दक्षिण कोरिया उडेकाे छ । टोलीका खेलाडीहरु छुट्टाछुट्टै विमानमार्फत कोरिया उडेका हुन् । शरद भेसवाकर र शक्ति गौचन मलेसियन एयरबाट गएका छन् भने कप्तान पारस खड्कासहितको टोली थाइ एयरबाट बैंकक हुँदा...

मलाई हटाउने समाचारले सञ्चारमाध्यमकै विश्वसनियता गुम्यो : मन्त्री रिजाल

२०७१ असोज १० गते ७:३४

काठमाण्डु, १० असोज – सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले आफूलाई हटाउने समाचारले सञ्चारमाध्यमको विश्वसनियता गुमेको स्पष्ट पारेका छन् । प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय समितिलाई दसैंको शुभकामना दिन शुक्रबार पुल्चोकस्थित मन्त्री निवासमा भएको भेटमा मन्त्री रिजालले प्रोपोगान्डाका समाचारलाई निरुत्साहित गर्न स्वयं सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने बताए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us