अस्पताल छाडेर क्लिनिक धाउने चिकित्सकलाई जेल हालिन्छ: स्वास्थमन्त्री

काठमाण्डु टुडे २०७१ असोज १० गते १३:५० मा प्रकाशित

भरतपुर, १०असोज– स्वास्थ तथा जनसंख्यामन्त्री खगराज अधिकारीले सरकारी अस्पताल छाडेर प्राइभेट क्लिनिक धाउने चिकित्सकलाई पक्राउ गरेर जेल हाल्ने चेतावनी khagaraj-adhikariदिएका छन् ।
दसौं राष्ट्रिय सर्तकता दिवस–२०७१ तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको १५ औं वार्षिकोत्सव समारोहमा शुक्रबार बोल्दै मन्त्री अधिकारीले अस्पताल छाडेर क्लिनिक धाउने कर्मचारीलाई कालोबजारी ऐन लगाएर कारबाही गर्ने चेतावनी दिएका हुन् ।

बढ्दो राजनीतिकरणले स्वास्थ्य संस्था धारासायी भन्दै गएको भन्दै उनले अस्पतालमा राजनीति नगर्न चिकित्सक र कर्मचारीलाई आग्रहसमेत गरे । अधिकारीले सरकारले सेवा सुविधामा कञ्जुस्याईं नगरेको भन्दै काममा कञ्जुस्याईं नगर्न चिकत्सकलाई आग्रह गरे ।

कार्यक्रममा चीन सरकारले करिब ५० हजार डलर बराबरको औषधि र उपकरण अस्पताललाई हस्तान्तरण गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us