काठमाण्डु, १० असोज – एमाले वरिष्ठ नेता झलनाथ खनालले यसबर्षको दशैं अमेरिकामा मनाउने भएका छन् । खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान अमेरिका उडेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले आफ्नो दसैँ विदेशमै रहेका नेपालीका बीच हुने भएकाले स्वदेशमा दसैँ...
काठमाण्डु, १० असोज – एमाले उपाध्यक्ष भीम रावल र एमाओवादी नेता तथा सभासद् टोपबहादुर रायमाझी लगायत विभिन्न सभासदहरुले राष्ट्रिय एकता, अखण्डता र संस्कृतिलाई संरक्षण गर्न खस क्षत्रीको अभियान हुनुपर्ने बताएका छन् । संयुक्त खस क्षत्री एकीकरण समन्वय समितिले शुक्रबार राजधानीमा आयोजना गरेको ‘नयाँ संविधानमा...
इटहरी, १० असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी नजिकै भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इटहरीबाट धरान जाँदै गरेको को १७ प ४७१३ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा गम्भीर घाइते भएका मकवानपुर पदमपोखरी–८ का ३५ वर्षीय राजकुमार वाइवाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य...
काठमाण्डु, १० असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिताको एकल गिती एल्बम स्मिता–२ को राजधानीमा बिहीबार भव्य विमोचन भयो । स्मिताले यसै वर्ष निधन भएकी ठूली आमा ज्ञानुप्रति समर्पित गर्दै आफ्नो दोश्रो एल्बम बजारमा ल्याएकी हुन् । संगीतकार संघ नेपालले आयोजना...
काठमाण्डु, १० असोज– प्रधानमन्त्री सुशील कोइरालाले बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ६९ औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्रीले शुक्रबार हसिना सरिफसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । दुवै प्रधानमन्त्रीसँगको भेटमा आसन्न सार्क शिखर सम्मेनलको...
काठमाण्डु, १० असोज– पूर्वमन्त्री एवम् कांग्रेस नेता सिद्धराज ओझाको निधन भएको छ । मिर्गौला र मुटु रोगले थलिएका ७० वर्षीय ओझाको बिहीबार राति उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मा निधन भएको हो । ओझाको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान १० बजेदेखि दिउँसो...
काठमाण्डु, १० असोज– प्रहरी हिरासतमा अनसन बसेका बेला गम्भीर बिरामी भएपछि अस्पताल भर्ना गरिएका सीके राउतको अवस्था गम्भीर भएको छ । गत सोमबारदेखि महानगरीय प्रहरी परिसर काठमाण्डुमा आमरण अनसन बसेका राउत बिरामी भएपछि प्रहरीले हिजो बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको थियो । अस्पतालका...
काठमाण्डु, १० असोज– प्रधानमन्त्री सुशील कोइरालाले आज संयुक्त राष्ट्रसंघको ६९ औं महासभालाई सम्बोधन गर्दैछन् । महासभामा सहभागी हुन कोइराला २१ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै एक साताअघि न्यूयोर्क प्रस्थान गरेका थिए । कोइरालाले यसअघि मंलगबार जलवायु सम्मेलनलाई सम्बोधन गरेका थिए । यस्तै कोइरालाले अमेरिकी...
काठमाण्डु, १० असोज– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औ शिखर सम्मेलको तयारीबारे सदस्य मुलुकलाई जानकारी दिन दिल्ली पुगेको नेपाली टोली बुधबार साँझ स्वदेश फर्केको छ । सहसचिव प्रकाश सुवेदी नेतृत्वको उक्त टोलीले दूतावास नभएको मुलुकका राजदूतलाई सार्कबारे जानकारी दिन भन्दै शिखर सम्मेलनको...
काठमाण्डु, १० असोज– विश्वका विभिन्न देशमा बसेका धेरै नेपालीले विदेशको नागरिकता लिएको सरकारको अनुमान छ । तर, नेपाली नागरिकता त्याग गर्नेको तथ्यांक भने चार वर्षमा तीन सय ६१ मात्र छ । अर्को मुलुकको नागरिकता लिन नेपाली नागरिकता त्यागको निवेदन दिनेको संख्या वर्षेनी बढ्दो छ...
काठमाण्डु, १० असोज– दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा भाग लिन गएका थप दुई खेलाडी पनि बेपत्ता भएका छन् । यसअघि बुधबार सेपाकताको खेलाडी अमन पोडे भिजेल छाडेर भागेका थिए । बिहीबार उसुका निराजन आलेमगर र सोमवीर तामाङ पनि...
काठमाण्डु, १० असोज– कानुन व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसनले बहुविवाह र भ्रष्टाचारमा सजाय पाएका व्यक्तिलाई सदस्यता नदिने भएको छ । बारको यो निर्णयले न्यायाधीश, प्रहरी, निजामती, संस्थानलगायत सरकारी सेवामा भ्रष्टाचार ठहर भएपछि वकालतमा आउने व्यक्तिलाई अप्ठेरो पर्ने देखिएको छ । कानुन व्यवसायीको रायसुझावका...